‘म’ ‘म’
नेपालबहस संवाददाता
असार १, २०७७ सोमबार २१:३३:३०
म अनि म
त्यहीँ म:मको डल्लो जस्तै
बाहिर साधारण
भित्र तरकारी, लसुन प्याज
मरमसलाको मिश्रण जस्तै
जस्तो मम, म पनि त्यस्तै
बाहिर साधारण
मनभित्र
खुसी, सुख, शान्त, रिस, क्रोध
सबै कुराले मिश्रित।
म अनि म
अनि मदेखि मको यात्रा
जब यात्रा तय गर्छु
अनौठो जात्रै जात्रा महसुस गर्छु
जे जे आउँछ सबै स्वीकार्छु
म भित्रको अनौठो रूपमा प्रवेश गर्छु
यता हेर्छु
उता हेर्छु
जताततै सबै कुना कन्दरामा
आफ्ना आन्तरिक नजर घुमाउँछु
यो संसार महसुस गर्छु ।
शान्त, सुन्दर दुनियाँ
एकदमै सुन्दर
एकदमै लोकप्रिय
जहाँ एक सुन्दर फूलबारी छ
धेरै थरी फूलहरूको मगमग वास्ना
आहा ! अति सुन्दर
कतै खुसीका फूलहरू,
कतै प्रेमका फूलहरू
कतै सुखका त कतै शान्तिका
सबै सकारात्मकका फूलहरू
मगमग बास्ना छर्छन्
रिस, अहङ्कारलाई
त्यो बास्नाले नै मोहित बनाइदिन्छ ।
रसायन विज्ञानजस्तै
जसरी हाइड्रोजन र अक्सिजन
मिलेर पानी बन्छ
त्यस्तै छ मेरो विज्ञान पनि
जहाँ रिसको अहङ्कारलाई
खुसीको तीरले प्रहार गर्छ
खुसी र प्रेमले रिस र क्रोध पराजित गरी
शान्त र आनन्दित बनाउँछ
शितलता प्रदान गर्छ।
मलाई मदेखि मको यात्रा एकदमै मन पर्छ
शान्त, सुन्दर मको यात्रा
त्यसैले उसैको यात्रा गर्छु
उसैसँग
म अनि म ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचित्रकलामा भविष्य खोजिरहेकी निर्मला
बैशाख १३, २०८१ बिहिबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
गाजाको समर्थनमा लेखकहरुले नाम फिर्ता लिएपछि पेन अमेरिका साहित्यिक अवार्ड समारोह स्थगित
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार