वित्तीय अराजकता निम्त्याउन ओली सरकार अग्रसरः कांग्रेस युवानेता शाही
कुसुम सेञ्चुरी
असार १, २०७७ मंगलबार २:२४:२३
१ असार, काठमाडौं । आफूसँग असहमतलाई तर्साएर राख्ने नीति अनुरुप केपी ओली नेतृत्व सरकारको कर्के नजर अब निजी क्षेत्रतिर सोझिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सक्रिय बनाएर अब निजी क्षेत्रलाई तर्साउनेतर्फ सरकार उद्यत् देखिएको हो ।
यसका लागि ओली सरकारले संविधानको भावना विपरित नयाँ ऐन संशोधनको प्रक्रिया अगाडि बढाएको छ । जबकी संविधानले अख्तियारको काम, कर्तव्य र अधिकारबारे स्पष्ट उल्लेख गरेको छ । सरकारले निजी क्षेत्रलाई तर्साएर आफू अनुकुल बनाउन यस्तो गलत काम अगाडि बढाएपछि निजी क्षेत्र क्षुब्ध बनेको छ ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारको यस्तो तयारी आफैंमा असंवैधानिक रहेको भन्दै ज्यादति गर्न थाले प्रतिकार गरिने बताएका छन् । संविधानको धारा २३९(१) ले कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्ट्राचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ भनि उल्लेख गरेको छ । संविधानले स्पष्ट उल्लेख गरेको क्षेत्र भन्दा बाहिर गएर कानून ल्याउन खोजिए त्यो आफैंमा बदरभागी हुने पनि अध्यक्ष श्रेष्ठले स्मरण गराएका छन् ।
यस्तै नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष योगेन्द्र अधिकारीले संविधानको मर्म र भावना विपरीत कसैले कानून बनाउन नसक्ने बताएका छन् । ओली सरकारको बदनियतपूर्ण काम भएकाले यस्तो कानून बन्न नसक्ने पनि उनले प्रष्ट पारेका छन् । सार्वजनिक पद धारण गरेको व्यक्तिका सम्बन्धमा मात्र अख्तियारले अनुसन्धान वा छानविन गर्न पाउने व्यवस्था रहेको पनि अध्यक्ष अधिकारीले स्मरण गराए । सरकार भने बैंक तथा वित्तीय संस्थाको समेत अनियमितता र भ्रष्ट्राचारको छानविन गर्न भन्दै अख्तियारको क्षेत्राधिकार बढाउने गरी ऐन संशोधनको तयारीमा रहेको छ ।
नेपाल बार एसोसिएसनका पूर्व महासचिव सुनिल पोखरेलका अनुसार, संविधान संशोधन नगरी सरकारले अख्तियारको क्षेत्राधिकार बढाउन सक्दैन । बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने अधिकार नेपाल राष्ट्र बैंकलाई रहने व्यवस्था रहेको छ ।
नेपाली कांग्रेसका युवा नेता एवै तरुण दलका महासचिव भूपेन्द्रजंग शाही पनि सरकारले अनावश्यक मुठभेड निम्त्यिाउने गरी निजी क्षेत्रलाई तर्साउन खोजेको आरोप लगाए । यसबाट भ्रष्ट्राचार घट्ने नभई ओलीको खल्तीमा रहेको अख्तियारलाई थप भ्रष्ट बनाउन सघाउ पुग्ने पनि उनको भनाई छ । निजी लगानी रहेको संस्थामा अख्तियारलाई छिराएर वित्तीय अराजकता ल्याउन खोजेको पनि उनले उल्लेख गरे । निजी क्षेत्रले मात्र नभई राजनीतिक क्षेत्रले समेत यस्तो गलत रबैयाको घोर भत्र्सना गर्नुपर्छ – युवा नेता शाही भन्छन् ।
निजी क्षेत्रलाई तहसनहस पार्न यस्तो गलत व्यवस्था ल्याउन खोजिएको छ भन्दै बैंकरहरुले समेत विरोध गरेका छन् । एउटा बाणिज्य बैंकका एकजना प्रमुख कार्यकारी अधिकृतले नेपालबहससँगको कुराकानीमा भने – बैंक र वित्तीय संस्थामा अख्तियार छिराएर तहसनहस पार्न खोजिएको छ । यस्तो कानून बन्यो भने निजी क्षेत्र सधैंका लागि सरकारी गुलाम बन्नुको विकल्प छैन । बैंक तथा वित्तीय संस्थाको मनोबल गिराउनकै लागि यस्तो व्यवस्था ल्याउन खोजिएको भन्दै उनले यसले समग्र निजी क्षेत्र थला पर्ने चेतावनी दिए । सरकारले यस्तो कानून बनायो भने निजी क्षेत्रले लगानी बढाउने संभावना न्यून हुने पनि उनले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ मा संशोधन गरी निजी क्षेत्रको लगानीमा सञ्चालित संगठित संस्थामा रहेका व्यक्तिको भ्रष्ट्राचारका सन्दर्भमा अनुसन्धान गर्न पाउने व्यवस्था गर्न लागिएको छ । अहिले राष्ट्रिय सभामा रहेको यो विधेयकमा अख्तियारले कानून बमोजिम स्थापित कम्पनी, प्राधिकरण, बोर्ड, मेडिकल कलेज, अस्पताल, बैंकलगायतका संस्थाको कुनैपनि पदमा रहेको व्यक्तिमाथि अख्तियारले अनुसन्धान गर्न सक्नेछ भन्ने वाक्यांश थपिएको छ । यसबाट कम्पनी रजिष्ट्रारमा दर्ता भएका सबै संस्था वा कम्पनी अब अख्तियारको दायरामा पर्ने भएका छन् ।
हाल सरकारी निकायमा रहेका पदाधिकारीले गरेको भ्रष्ट्राचार र अख्तियारको दुरुपयोग गरेकोमा मात्रै छानविन गर्ने अधिकार प्राप्त निकाय आफैंमा कमजोर रहेको छ । अख्तियारलाई प्राप्त क्षेत्राधिकारकै उपयोग गर्न नसकिरहेका बेला नयाँ क्षेत्र थप्ने काम औचित्यपूर्ण मान्ने अवस्था छैन ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार