क्वारेन्टाइनमा बसेकाहरू त्रसित, कष्टकर जीवनयापन
नेपालबहस संवाददाता
असार २, २०७७ बुधबार ०:१६:१०
२ असार, स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं. २ स्थित श्री जामुनडाँडा माध्यामिक विद्यालयमा बनेको क्वारेन्टाइनमा बसेका नै त्रसित भएका छन् । क्वारेन्टाइनमा बसेको २२ दिन बितिसक्दा समेत कुनै निकायले समन्वय नगर्दा उनीहरु त्रसित भएका हुन् ।
विद्यालयको भवनमा आधारभूत संरचना तयार नगरि नाम मात्रको क्वारेन्टाइन भनिएको छ । हामीलाई सुत्न सामान्य म्याट मात्र दिईएको क्वारेन्टाइनमा विगत २२ दिनदेखि बस्दै आएका स्थानीय विशाल राना मगरले क्वारेन्टाइन कष्ट भोग्दै बस्नु परेको सुनाए ।
“म नयाँदिल्ली गएको थिए फर्केर आएपछि क्वारेन्टाइनमा बसेको १६ दिन बित्यो ।” स्थानीय हेम थापाले भने, “क्वारेन्टाइन बाख्राको खोर जस्तो छ, आधारभूत सुविधा केहि छैन् ।” खान बस्नुको दुःख त थियो नै स्वाब लिएर गएको पनि १० दिन भयो रिपोर्ट नआउँदा थप त्रसित बन्नु परेको थापाले बताए ।
क्वारेन्टइन भवनको शौचालय दुर्गन्धित छ, सरसफाई गर्न समेत कोहि नआएको उनले बताए । क्वारेन्टाइनमा समस्या छ समस्याको सम्बोधन गरिदिन प¥यो भन्दा गाउँपालिकाले बजारमा केहि सामान पाईएको छैन् भन्छ, क्वारेन्टाइनमा सेनिटाईजर समेत नभएको थापाले जानकारी दिए ।
“एउटै कोठामा ५-७ जनालाई राखेको छ, एउटा संक्रमित भए सबै संक्रमित हुने डर छ ।” जेठ १३ गते भारतबाट आएर क्वारेनटाइनमा बसेका गणेश राना मगरले भने, “क्वारेन्टाइनमा बसेको २०-२२ दिन भईसक्यो डरैडर लागेको छ ।” खाजा, खाना, पानी, सुत्ने ठाउँ सबै अभाव छ रातभर लामखुट्टेले टोकेर सुत्न सकिदैन् उनले भने ।
क्वारेन्टाइन बनेका ठाउँहरुलाई सुधार गर्दै लगेको बिरुवा गाउँपालिकाले जनाएको छ । शुरु शुरुमा निर्माण भएका क्वारेन्टाइनमा केही अभाब भएकै होला तर समय पाएपछि र गुनासो आएपछि सुधार गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार तत्कालै क्वारेन्टाइनको सक्दो सुधार गरिने भएको छ ।
स्याङ्जाबाट संक्रलित स्वाब पोखरा पठाईएको छ तर रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले बताए । पोखरास्थित विधि विज्ञान प्रयोगशालामा संकलित स्वाब परीक्षणको क्रममा रहेको उनले जानकारी दिए । केही दिनमा रिपोर्ट आउन सक्ने शर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार