नेपालमा कोरोना सङक्रमितको संख्या ६५९१ पुग्यो
नेपालबहस संवाददाता
असार २, २०७७ बुधबार ४:५८:८
२ असार, काठमाडाैं । नेपालमा मङ्गलबार थप ३८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३५२ पुरुष र २८ महिला गरी कूल ३८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । योसँगै सङ्क्रमितको सङ्ख्या ६ हजार ५९१ पुगेका छन् । तीमध्ये ६ हजार ९२ पुरुष र ४९९ महिला छन् ।
हालसम्म एक हजार एक सय ५८ जना निको भई घर फर्किएका छन् । निको भई घर फर्किनेमा एक सय १२ महिला र एक हजार ४६ पुरुष रहेका छन् । सङ्क्रमितमध्ये हालसम्म १९ जनाको मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा ८९ जना सङ्क्रमित थपिएका छन् । यस्तै, दाङका ५६, रौतहटका ५२, कैलालीका २३, बैतडीका २१, डोटी २०, धनुषा २१, सर्लाही १६, कञ्चनपुर ११ र गोरखाका १० जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, अर्घाखाँची र बर्दियाका नौ-नौ, दैलेखका पाँच, रुपन्देही स्याङ्जा र सुर्खेतका चार-चार, नवलपुर, कास्की र सप्तरीका तीन-तीन, सुनसरी, सिराहा, पर्सा, तनहुँका दुई-दुई तथा काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान र अछामका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार देशभर हालसम्म एक लाख ४३ हजार ७३८ पीसीआर र दुई लाख २३ हजार ५१९ जनाको आरडीटी परीक्षण गरिएको छ । देशभरका विभिन्न क्वारेन्टिनमा एक लाख ३३ हजार नौ र आइसोलशनमा ५ हजार ५३१ जना रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
नगर अस्पतालमा अब चौबीसै घण्टा डाक्टर सेवा उपलब्ध
चैत २७, २०८० मंगलबार
साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै
चैत २६, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार