सङ्घीय सरकारद्वारा धारा बनाउन ३३ करोडको २० आयोजना
नेपालबहस संवाददाता
असार ३, २०७७ बुधबार १८:२९:२७
३ असार, बागलुङ । बागलुङमा आगामी आर्थिक वर्षमा सङ्घीय सरकारद्वारा एक घर एक धारा अभियानअन्तर्गत २० खानेपानी आयोजना निर्माण हुने भएका छन् । नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले आगामी आर्थिक वर्षमा २० खानेपानी आयोजनाका लागि रु ३३ करोड २६ लाख ५० हजार बजेट विनियोजन भएको जनाएको छ ।
२० नयाँ तथा क्रमागत खानेपानी आयोजनाको खानेपानी सेवा विस्तार तथा पुनस्र्थापना कार्यक्रम, ढल निर्माण तथा प्रशोधन कार्यक्रम, खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम र खानेपानी तथा गुणस्तर सुधार कार्यक्रमका लागि रु ३३ करोड २६ लाख ५० हजार बजेट विनियोजन भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कास्कीका वरिष्ठ डिभिजन इन्जिनीयर शेखर केसीले जानकारी दिए । २० आयोजनामध्ये पाँच नयाँ र १५ आयोजना क्रमागत अर्थात् बहुवर्षे रहेको केसीको भनाइ छ ।
आयोजनामध्ये बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका लागि रु १५ करोड, बागलुङ बजार ढल निर्माण तथा प्रशोधन कार्यक्रमका लागि रु १२ करोड, जसपुर घामपानी मखरा खानेपानी आयोजना नरेठाटीका लागि रु एक करोड, ग्वालिचौर खानेपानी आयोजनाका लागि रु ७० लाख, बलेवा नारायणस्थान खानेपानी गुणस्तर आयोजनाहरुमा प्रशोधन प्रणालीको सुधार र विस्तार तथा शुद्धीकरणका लागि रु ५० लाख विनियोजन भएको छ ।
त्यस्तै बागलुङ बजार लामा गाउँ पम्पिङ खानेपानी आयोजनाका लागि रु ५० लाख, हुग्दिशिर गुरुङ धारा बरेङ खानेपानी आयोजनाका लागि रु ५० हजार, गलकोट नगरपालिका हरिटया बजार खानेपानी आयोजनालाई रु ५० लाख, जलजला बृहत् खानेपानी आयोजना बडिगाडका लागि रु ५० लाख र चौराह दुदिलाभाटी खानेपानी आयोजनालाई रु ४० लाख विनियोजन भएको छ ।
यस्तै तित्याङ ठूलाढुङ्गा नुवारा खानेपानी आयोजनाका लागि रु ३० लाख, नौले माझ खर्क रिजालचोक खानेपानी आयोजनाका लागि रु ३० लाख, बागलुङ गलुवा डेकेवेराउट खानेपानी आयोजना रु २५ लाख, विस्तारित नगर खानेपानी आयोजनाका लागि रु २५ लाख, बुर्तिवाङ खानेपानी आयोजनाका लागि रु २५ लाख र झारदासी मझुवा खानेपानी आयोजनाका लागि रु १५ लाख बजेट विनियोजन भएको छ ।
त्यस्तै सौर्यकालिका लिफ्ट खानेपानी आयोजनाका लागि रु १० लाख, हिल खानेपानी आयोजनाका लागि रु पाँच लाख, कुडुले लिफ्ट खानेपानी आयोजनाका लागि रु एक लाख, हातेदह अर्नाकोट खानेपानी आयोजना निसीखोला गाउँपालिकाका लागि रु ५० हजार बजेट विनियोजन भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कास्कीले जनाएको छ ।
“खानेपानी पहुँच नपुगेको र व्यवस्थित खानेपानी आयोजना निर्माणका लागि बजेट विनियोजन भएको हो”, इन्जिनीयर केसीले भने, “सबै बजेटले एक घर एक धाराको अवधारणाअनुसार खानेपानी वितरण गरिनेछ ।” खानेपानी आयोजना आगामी वर्ष सम्पन्न हुन नसकेमा कामका आधारमा पुनः बजेट थप गरी सम्पन्न गरिनेछ । माग र आवश्यकताको आधारमा खानेपानी आयोजना छनोट भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार