बर्दियामा आज एकै दिन २६ जनामा कोरोना संक्रमण
नेपालबहस संवाददाता
असार ३, २०७७ बुधबार २१:२३:४१
३ असार, बर्दिया । बर्दियाकाे बढैयाताल गाउँपालिकामा कोरोना संक्रमित थपिने क्रम बढेको हो । बाँकेको सिमानामा रहेको यो बर्दियाको गाउँपालिकामा बुधबार एकैपटक २६ जना काेराेना संक्रमित थपिएका हुन् ।
आरडीटी जाँच गरी घर फर्काइएका बर्दियाको बढैयाताल गाउँपालिका–१ र २ का २६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनीहरुलाई जेठ २९ गते क्वारेन्टाइनबाट घर फर्काइएको थियो । जेठ ३१ गते स्वाब संकलन गरी नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पीसीआर जाँच गर्दा उनीहरुमा बुधबार बिहान कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
संक्रमितमध्ये एक जना स्वास्थ्य चौकी प्रमुख हुन् । उनी क्वारेन्टाइनमा बस्नेहरुको स्वास्थ्य अवस्था बुझ्न जाने गरेका थिए । संक्रमण पुष्टि भएका व्यक्तिहरु परिवारसँगै बस्दै आएका थिए । योसँगै कोरोना संक्रिमितको संख्या बढैयाताल गाउँपालिकामा ४२ पुगेको छ ।
बढैयातालको शारदा उमाविमा २५ सिटको आइसोलेसन बनाइएको थियो । तर बुधबार मात्रै एकैदिन २६ जना संक्रिमत देखिएपछि थप आइसोलेसन बनाउनका लागि चुनौती देखिएको छ । उक्त आइसोलेसनमा पहिला देखि नै १६ जना बस्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा
बैशाख १०, २०८१ सोमबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
रौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
बैशाख ११, २०८१ मंगलबार