झापाका स्थानीय तहका दलित जनप्रतिनिधि सङ्गठित
नेपालबहस संवाददाता
असार ४, २०७७ बिहिबार १५:४७:२८
४ असार झापा । झापाका स्थानीय तहका दलित जनप्रतिनिधि सङ्गठित भएका छन् । बुधबार विर्तामोडमा सम्पन्न जिल्लाभरिका दलित जनप्रतिनिधिको भेलाले मेचीनगरका कार्यपालिका सदस्य टीकाराम मङ्ग्रातीको अध्यक्षतामा स्थानीय तह दलित जनप्रतिनिधि मञ्च गठन गरिएको छ ।
मञ्चको उपाध्यक्षमा हर्कमाया विक, सचिवमा सागर पोर्तेल, सहसचिवमा योगेश परियार, कोषाध्यक्षमा मीना सिन्चेउरी र सदस्यमा निरु परियार, निता घतानी, रोहित तोलाङ्गी, चन्द्रकला विक, देवेन्द्र दर्नाल, रमेश तिखत्री र शर्मिला विक रहेकी छन् । सो मञ्चले स्थानीय तहहरुमा दलितमैत्री कार्यक्रम निर्माणसँगै समुदायको उत्थानका लागि काम गर्ने उत्पीडित अधिकार मञ्च नेपालका अध्यक्ष सागर पोर्तेलले जानकारी दिए ।
उत्पीडित अधिकार मञ्च झापाले स्थानीय तहका दलित कार्यपालिका सदस्यसँग आयोजना गरेको योजना तर्जुमासम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागीले स्थानीय तहमा रहेका दलित जनप्रतिनिधिलाई समुदायको उत्थानमा प्रभावकारी भूमिका खेल्न नसकिएको स्वीकारेका छन् ।संविधानले स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व रहे पनि समुदायको उत्थानमा अझै काम हुन नसकेकोे सहभागीको धारणा थियो ।
दलित जनप्रतिनिधिले विभिन्न अड्को थापेर पालिकामा दलित लक्षित काम गर्न समस्या भइरहेको गुनासो राखे ।संविधानले दलित अधिकारको व्यवस्था गरे पनि तल्लो तहमा काम गर्न विगतमा जस्तै अप्ठ्यारो भएको, पालिकाले दलित समुदायको उत्थानमा पर्याप्त बजेटको व्यवस्था गर्न पनि कञ्जुस्याँई गरेको उनीहरुको गुनासो थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार