नदीजन्य पदार्थ उत्खनन रोक्न सुरक्षाकर्मी परिचालन
नेपालबहस संवाददाता
असार ४, २०७७ बिहिबार १९:९:५२
४ असार, राँझा । जिल्ला प्रशासन कार्यालयले जिल्लामा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सक्रियता देखाएको छ । राप्तीसोनारी र डुडुवा गाउँपालिकाका विभिन्न खोला तथा नदीबाट अवैधरुपमा ती पदार्थको उत्खनन भएको पाइएपछि त्यसलाई रोक्न सुरक्षाकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
उनका अनुसार राप्ती नदीबाट अवैधरूपमा बालुवा उत्खनन गरी आउँदै गरेका छ ट्र्याक्टरसहित नौ जनालाई पक्राउ गरी मुद्दा दर्ता गरिएको छ । विगतमा जरिवान तिराएर छाड्ने गरिएकामा पुनः उत्खनन कार्यमा प्रयोग भएको पाइएकाले अब मुद्दा चलाएर कारवाही गर्ने प्रक्रिया अघि बढाइएको छ ।
सो कार्यमा संलग्नलाई निरुत्साहन गर्न मुद्दा चलाउन थालिएको उनले बताए । ती दुई गाउँपालिका अन्तर्गत रहेको राप्ती नदीलगायत दर्जनौँ स्थानबाट डोजर प्रयोग गरी ती पदार्थको दैनिकरूपमा उत्खनन हुँदै आएको छ ।
बन्दाबन्दीमा समेत उत्खननसम्बन्धी व्यापक गुनासो आएपछि नियन्त्रण गर्न प्रशासनले चासो देखाएको हो । बन्दाबन्दीका समयमा समेत दिनरात नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गरेको पाइएपछि नियन्त्रणका लागि प्रशासनमा खबर गरिएको डुडुवा –५ का वडाध्यक्ष परशुराम बुढाथोकीले बताए ।
सो गाउँपालिकासँगै जोडिएको छिमेकी राप्तीसोनारी – ३ खैरेनी र साइपुर नाका, वडा नं ४ को लालपुर, वडा नं ५ को आलिनगर र ललै नाकाबाट नदीजन्य पदार्थको अवैधरूपमा निकासी हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई समर्थन दिनेबारे एमाले अझै मौन
बैशाख ६, २०८१ बिहिबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार