खरिपाटी क्वारेन्टाइनको खर्च विवरण सार्वजनिक
नेपालबहस संवाददाता
असार ४, २०७७ शुक्रबार ४:५५:१५
४ असार, काठमाडौं । नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेको क्वारेन्टाइन व्यवस्थापनमा अनियमितता भएको भन्ने विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
चीनबाट ल्याइएका १७५ विद्यार्थीलाई नेपाली सेनाकै नेतृत्वमा भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा सम्पूर्ण प्रवन्ध मिलाई १७ दिन राखेको पु¥याएको योगदानको बेवास्ता गर्दै अर्नगल प्रचार भएको भनी सेनाले आपत्ति प्रकट गरेको छ ।
स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै संवेदनशील र राष्ट्रिय प्रतिष्ठासँग गासिएको उक्त कार्यलाई उत्कृष्ट व्यवस्थापनमा सफलतापूर्वक सम्पन्न गर्न पारदर्शी र प्रभावकारी पूर्वतयारी गरिएको स्मरण गराउदै सेनाले सो क्वारेन्टाइनका लागि विनियोजित रु एक करोड २९ लाखमध्ये रु सात लाख २८ हजार रकम मौज्दात रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
उक्त क्वारेन्टाइनका लागि खरिद गरिएको मध्ये रु तीन लाख उन्नाइस हजार मूल्य बराबरको औषधि पनि स्टोर मौज्दात रहेको जानकारी दिइएको छ । उक्त क्वारेन्टाइनमा रहनेलाई खानाका लागि रु ५५ लाख एक हजार, औषधिमा रु तीन लाख ३३ हजार र औषधिजन्य सामग्री खरिदमा रु ६३ लाख ३७ हजार रकम खर्च भएको सेनाको विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य सामग्रीहरुमध्ये रु २३ लाख ३० हजार बराबरको औषधिजन्य सामग्रीहरु पुनः प्रयोगमा ल्याउने गरी स्टोर दाखिला भएको जानकारी दिइएको छ । क्वारेन्टाइनमा रहने १७५ विद्यार्थी, नेपाल वायुसेवा निगमका १८ कर्मचारी, चिकित्सक समूह, सफाइकर्मी तथा एम्बुलेन्स टोलीसहित ९ ९नौ० गरी २०२ जनालाई स्तरीय प्याकिङ्गसहितको स्वस्थ्यकर खाना खुवाइएको बताइएको छ ।
क्वारेन्टाइनमा शाकाहारी र मासाहारी दुवै किसिमका लागि छाक खाना र खाजाको व्यवस्था गरिएको स्मरण गराउँदै सेनाले त्यसका लागि कार्की केटरिङ्गसँग प्रति व्यक्ति प्रति दिन भ्याट वाहेक रु एक हजार ३५० मा सम्झौता भएको जानकारी दिएको छ । क्वारेन्टाइनको सुरक्षामा खट्टिएका ३० सुरक्षाकर्मीलाई नास्ता, चिया र पानीको व्यवस्था पनि उक्त रकमबाट भएको सेनाले स्पष्ट गरेको छ ।
कोभिड–१९ को विषम परिस्थितिमा मुलुकको प्रमुख सयन्त्रका रुपमा आफ्नो जीवनलाई खतरामा राखेर जनताको रक्षामा काम गरिरहेको सेनाको मनोबल कमजोर तुल्याउने उद्देश्यबाट आउने टिक्का टिप्पणी प्रति सचेत रहन सैनिक मुख्यालयले सबैमा अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
चैत १, २०८० बिहिबार
सेना दिवस र महाशिवरात्रिको बढाइँमा राष्ट्रपति सरिक
फागुन २५, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार