कांग्रेस नेता पौडेलद्वारा स्वास्थ्य सामग्री सहयोग
नेपालबहस संवाददाता
असार ५, २०७७ शनिबार २:१९:३६
५ असार दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना सङ्क्रमितको उपचार भइरहेको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सो केन्द्रलाई उनले २० थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग गरेका हुन । केन्द्रीय सदस्य पौडेलले उपचार केन्द्रका निमित्त कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गर्दै स्वास्थ्यकर्मीको हौसला बढाउन स्वास्थ्य सामग्री सहयोग गरेको बताए ।
केन्द्रका निमित्त कार्यकारी निर्देशक डा.श्रेष्ठले कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई यस्तो सहयोगले हौसला मिल्ने बताए । केन्द्रमा नौ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।यसैगरी सङ्घीय सांसद कलिला खानले व्यास नगरपालिकास्थित क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
सांसद खानले २० थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), एक हजार सर्जिकल मास्क, ९५ थान एन–९५ मास्क, १० थान स्यानिटाइजर, १० थान चस्मा, ५०० थान पञ्जा सहयोग गरेका हुन । उनले उक्त सामग्री नगरपालिकाका उपप्रमुख मीरा जोशीलाई हस्तान्तरण गरेका छन् ।
यसैगरी सांसद खानले व्यास नगरपालिकाका विभिन्न क्वारेन्टाइनको अनुगमन गर्दै त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिएका छन् । साथै उनले दमौली अस्पतालका लागि सात थान पीपीई, जिल्ला प्रशासन तनहुँका लागि चार थान पीपीई, मास्क, पञ्जालगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार