गौरादह नगरको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालबहस संवाददाता
असार ७, २०७७ आइतबार १४:३६:३
७ असार, दमक । झापाको गौरादह नगरपालिकाले शनिबार छैटौँ नगरसभामार्फत आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा नगरप्रमुख रोहितकुमार साहले नगरको एकवर्षे नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नगरप्रमुख साहले नगरमा स्वास्थ्य एप्स, पशुपालन, कृषि, शिक्षा, नगरका गौरवका आयोजनालगायत पूर्वाधार विकास र अतिविपन्न गरिब तथा लक्षित समुदायको जीवनस्तर उकास्ने विभिन्न कार्यक्रममा जोड दिइएको बताए । त्यस्तै युवा स्वरोजगार तथा रोजगारी सिर्जना, विपद् व्यवस्थापन तथा सुशासन, खेलकूद विकास, खानेपानी, सूचना प्रविधि तथा सञ्चार एवं धर्मसंस्कृतिको जगेर्नालगायतका सर्वाङ्गीण विकास गर्ने लिइएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगरप्रमुख साहले कृषि, पशु र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखी उत्पादनमुखी कार्यक्रम ल्याइएको बताए । उनले युवालाई स्वरोजगारमूलक बनाउन व्यावसायिक कृषि प्रणालीमा जोड दिनुका साथै नगरमा बाली राहत कोष, घाँसको स्रोत केन्द्र स्थापना, नगरबाट सबै प्रकारका करहरुमा केही वर्षलाई छुट, पशुहित कोष स्थापना गरिने कार्यक्रम रहेको बताए।
त्यस्तै नगर शिक्षा ऐन तयार गरी लागू गर्ने, सांस्कृतिक सङ्ग्रहालय स्थापना गर्ने, नगरमा शववाहन सञ्चालन गर्ने, प्रत्येक वडामा योग तथा फिटनेस सेन्टर स्थापना गर्ने, आँखा अस्पतालसँग समन्वय गरेर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने, सबै स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गर्ने, विपन्न वर्गलाई निःशुल्क ट्युबवेल वितरण गर्नेलगायतका मुख्य योजना तथा नीतिहरु रहेको साहले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
आज कति छ सुनचाँदीको मुल्य
बैशाख ७, २०८१ शुक्रबार
बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार