बेइजिङमा थप २२ जनामा काेराेना सङ्क्रमण पुष्टि
नेपालबहस संवाददाता
असार ७, २०७७ आइतबार २२:३:७
७ असार, एजेन्सी । चीनको राजधानी बेइजिङमा नयाँ विरामी भेटिएपछि सङ्क्रमितको गरिएका करिब २० लाख परीक्षणमा थप २२ जना सङ्क्रमित भेटिएको चिनियाँ अधिकारीहरूले बताएका छन् । चीनले गत डिसेम्बरमा पहिलो कोभिड–१९ विरामी भेटेपछि करिब तीन महिनाको अवधिमा गरेको अथक प्रयासपछि चीनमा कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आएको बताएको थियो ।
केही दिन पहिले चीनको राजधानी नजिकै रहेको सिनफादी मासु बजार क्षेत्रमा कार्यरत व्यवसायी तथा कर्मचारीमा सङ्क्रमण देखिएपछि उक्त बजारसँगको सम्पर्क रहने स्थानीय वस्ती र विद्यालयहरू बन्द गरेर परीक्षण तथा उपचारमा तदारूकता देखाएको थियो ।
आइतबार सङ्क्रमितमध्ये एक जना स्वास्थ्यकर्मी ९नर्स० पनि रहेको बेइजिङले जनाएको छ । सिनफादीमा सङ्क्रमण देखिएपछि गरिएका परीक्षणमा अहिलेसम्म २२० जना सङ्क्रमित भेटिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ ।
पछिल्लो पटक सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण नियन्त्रणका लागि सिनफादी वरपरका करिब २०० वस्तीमा करिब २३ लाख नागरिकको कोभिड–१९ परीक्षण गरिएको बताइएको छ । यसैबीच चीनले विदेशबाट आपूर्ति हुने खाद्य सामग्रीमार्फत कोरोना सङ्क्रमण भित्रिएको भन्दै परीक्षणलाई कडा पारेको छ । चीनको राजधानीस्थित एक मासु बजारबाट कोभिड–१९ सङ्क्रमित भेटिएको रिपोर्टसँगै खाद्य सामग्री ‘खासगरी सीफुड’ को परीक्षणमा कडाई गरेको थियो ।
चिनियाँ स्वास्थ्यविदहरूले पछिल्लो समय कोभिड–१९ सङ्क्रमित विरामीमा यूरोपमा कोरोना भाइरस सङ्क्रमित विरामीको जस्तो लक्षण भेटिएको उल्लेख गरिएको छ । पछिल्लो चरणमा सङ्क्रमण पुष्टि भउका विरामीको लक्षण यूरोपका विरामीको लक्षणसँग मिल्दाजुल्दा रहेकोले यतिवेलाको सङ्क्रमण ‘यूरोपबाट चीन भित्रिएको’ चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका झाङ योङले बताए । चीनमा पछिल्लो चरणमा फैलिएको सङ्क्रमण यूरोपमा अहिले आउने विरामीकोभन्दा अलिक पूरानो स्वरूपको रहेको भेटिएको उनको दावी रहेको छ ।
सिनफादी क्षेत्रका विदेशबाट ल्याइएका सालमन जातका माछा काटिने अचानामा सङ्क्रमण भेटिएको चिनियाँ अधिकारीले बताएका छन् । यसै आधारमा चीनमा पछिल्लो समय देखिएको सङ्क्रमण यूरोपबाट चीन आपूर्ति हुने बरफमा राखी ल्याइएका सीफुडसँगै भित्रिएको हुनसक्ने झाङको दावी थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार