नेपाल महिला चेम्बरको भर्चुअल कार्यशाला सम्पन्न
नेपालबहस संवाददाता
असार ७, २०७७ सोमबार १:१६:२४
७ असार, काठमान्डौं । नेपाल महिला चेम्बरले आज आइतबार भर्चुअल कार्यशालाको आयोजना गरेको छ । जारी लकडाउनका कारण महिला उद्यमशीलतामा देखिएको चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा केन्द्रित रहेर महिला चेम्बरले उक्त कार्यशालाको आयोजना गरेको जनाएको छ । कार्यशालामा नेपाल महिला चेम्बर सम्बद्ध सदस्यहरुको सहभागीता रहेको थियो । साना तथा मझौला उद्योग तथा व्यापारको क्षेत्रमा सकृय उद्यमी महिलाहरुलाई लक्षित गरि आयोजित उक्त कार्यशालामा राष्ट्रभर छरिएर रहेका शाखा संजालबाट करिब ५० जनाको सहभागीता रहेको थियो । ब्राण्डिङ्ग, अनलाईन बिजनेश प्रबर्द्रधन र डिजिटल पेमेन्टको विषयमा केन्द्रित रहेको उक्त कार्यशालामा पैेलक प्रविन, अदिती गोयल र अनमोल रतेरियाले प्रशिक्षण दिएका थिए ।
सो अवसरमा पैेलक प्रविनले ब्राण्डिङ्गमा व्यक्तिगत र सांगठनिक ९पर्सनल र अर्गनाईजेशन० गरि दुई कोणबाट कसरी प्रबद्र्धन गर्ने भन्ने बारेमा स्पष्ट पार्दै बदलिंदो परिवेशमा अनलाईन मार्केटिङ्ग, कम्युनिकेशन, कोलाबेरेशन आदीको महत्वबारे प्रकाश पारेकी थिईन् । त्यसैगरि, जिपिजीकी अदिती गोयलले अनलाईन मार्फत वस्तु तथा सेवा व्यापार कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने बारे प्रकाश पार्दै सोका लागि उपलब्ध राष्ट्रिय तथा अन्तराष्ट्रिय प्लेटफर्मको उपलब्धता, सामाजिक संजालको उपयोगीताबारे प्रकाश पारेकी थिईन् ।
कार्यशालामा अनमोल रतेरियाले डिजिटल पेमेन्टको विषयमा केन्द्रित रहेर अनलाईन मार्फत कुन कुन प्लेटफर्म प्रयोग गरि कसरी भुक्तानी गर्न सकिन्छ भन्ने बारे प्रकाश पार्दै यसको बढ्दो उपयोगीता र महत्व बारे स्पष्ट पारेकी थिईन । सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कार्यशालाका सहभागीहरुलाई संबोधन गर्दै कोभिड १९ को मुख्य चुनौतीमा स्वास्थ्य सुरक्षाको सवाल रहेको उल्लेख गर्दै व्यवसाय संचालन गर्दा उच्च सतर्कता अपनाउन आवश्यक रहेको बताईन । साथै, अध्यक्ष श्रेष्ठले बदलिदो परिस्थितीमा डिजिटल प्लेटफर्मको महत्वबारे प्रकाश पार्दै यसको उपयोगीतालाई बढाउनु पर्नेमा जोड दिईन् ।
यस अघि नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुष्मा शर्माले कार्यक्रममा सहभागीहरुलाई स्वागत मन्तव्य व्यक्त गर्दै कोभिड १९ का कारण उद्यमी महिलाहरुको व्यवसायीक जीवनमा समस्या उत्पन्न भएको उल्लेख गर्दै कार्यशालाबाट राहत मिल्ने विश्वास व्यक्त गरेकी थिईन् । त्यसैगरि, नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले कार्यशालामा सहजकर्ताको भुमिका निर्वाह गर्दै वर्तमान अवस्थामा उद्योग व्यापारको क्षेत्रमा प्रविधीको उपयोगीता बढेको हुदा सोको अनुशरणका लागि कार्यशाला कोशेढुङगा बन्ने धारणा व्यक्त गरिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार