ब्राजिलमा कोरोनाबाट ५० हजार भन्दा बढीको मृत्यु
नेपालबहस संवाददाता
असार ८, २०७७ सोमबार १३:१:३३
८ असार, एजेन्सी । ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । कोरोनाबाट सबैभन्दा धेरै मृत्यु हुने देशहरुको सूचीमा अमेरिकापछि ब्राजिल दोस्रो स्थानमा छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ब्राजिलमा कोरोना भाइरसका कारण ५० हजार ५ सय ९१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या १० लाख ८३ हजारभन्दा बढी छ । विशेषज्ञहरुले भने परीक्षण कम भएकाले ब्राजिलमा अझै धेरै संक्रमित हुन सक्ने बताएका छन् ।
यसैबीच ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोविरुद्ध सडकमा विरोध प्रदर्शन भएको छ । विरोधीहरु सडकमा उत्रिएपछि राष्ट्रपति बोल्सोनारोका समर्थकहरु पनि प्रदर्शनमा उत्रिएका छन् । सरकार विरोधी प्रदर्शनकारीहरुले राष्ट्रपति बोल्सोनारोलाई कोरोना रोकथाममा असफल भएको अभियोग चलाउन आह्वान गर्दै आएका छन् ।
बोल्सोनारोले लकडाउन लागु नगरेकाले कोरोना भाइरस संक्रमण दर उच्च भएको बताइन्छ । त्यतिमात्रै होइन, उनले स्वास्थ्य मन्त्रालयले दिएको सुझावसमेत कार्यान्वयन गरेनन् । बरु उल्टै उनले स्वास्थ्मन्त्री लुइज हेनरिक मनडेटालाई बर्खास्त गरेका थिए । त्यसपछि स्वास्थ्यमन्त्री बनेका नेल्सन टेइकले पनि राष्ट्रपतिको कार्यशैलीमा असहमति जनाउँदै एक महिनामै पदबाट राजीनामा दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपश्रीमतीमाथि भ्रष्टाचारको छानबिनपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम नगर्ने
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
फिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
वर्षको एकचोटि पूजा गर्ने छोर्तेन
बैशाख १३, २०८१ बिहिबार
थुनामा रहेका टोपबहादुरसहितले सर्वोच्चमा दिएको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ
बैशाख १३, २०८१ बिहिबार
श्रीमतीमाथि भ्रष्टाचारको छानबिनपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम नगर्ने
बैशाख १३, २०८१ बिहिबार