पाकिस्तानमा कोरोनाको सङ्क्रमण बढे पनि बजार खोल्न आह्वान
नेपालबहस संवाददाता
असार ८, २०७७ मंगलबार १:४७:४९
८ असार, एजेन्सी । विश्वमै कोरोना भाइरसको सङ्क्रमण तीब्र गतिमा बृद्धि भइरहेको देशहरुमध्ये पाकिस्तान अग्रपङ्क्तिमा पर्दछ । तर लामो समयसम्म आर्थिक गतिविधि बन्द गरेर बस्न सक्ने अवस्था नरहेकाले व्यवसाय सञ्चालन गर्न पाकिस्तान सरकारले आह्वान गरेको छ ।
कोरोना भाइरसबाट सङ्क्रमण भएका विरामीहरु अस्पताल जाने र सङ्क्रमण मुक्त भएर घर फर्किने क्रम चलिरहे पनि गतिविधलाई पुनः निरन्तरता दिनुको विकल्प नभएको सरकारी अधिकारीहरुको भर्ना छ । अव पनि आर्थिक गतिविधिलाई निरन्तरता दिन सकिएन भने देशको अर्थतन्त्र टाट पल्टिन सक्ने विज्ञ तथा सरकारी अधिकारीहरुले निश्कर्ष निकालेका छन् ।
गरिबी र महामारीका लागि ठूलो रकम खर्च गरिरहनु परेकाले पनि थप आर्थिक सङ्कट उत्पन्न भएको उनीहरुले जनाएका छन् । के गर्ने के गर्ने भन्ने लामो समयसम्मको दुविधालाई चिर्दै सरकारले सुरक्षाका उपायहरु अपनाउने आर्थिक गतिविधिहरुलाई अगाडि बढाउने निश्कर्षमा पुगेको हो ।
सरकारी अधिकारीहरुले अत्यावश्यक र आर्थिक गतिविधिहरुलाई निरन्तरता दिने क्रममा कोरोनाबाट बच्नका लागि अप्नाउनु पर्ने आधारभूत सुरक्षा सतर्कताका उपायहरु अपनाउन अनिवार्य गरिएको छ ।
उनीहरुले सामाजिक दुरी कायम राख्न, मास्कको प्रयोग गर्न, सकेसम्म भेटघाट तथा भिडभाडहरुमा नजान, सेनिटाइजर वा सावुन पानीको प्रयोग बढाउन आह्वान पनि गरेका छन् । मस्जिदहरुमा पनि सकेसम्म एकै पटक धेरै भिडभाड नगर्न उनीहरुले सुझाव दिएका छन् ।
पाकिस्तानमा अहिलेसम्म एक लाख ८० हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीन हजार ५९० जनाको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार