अङ्गीकृत नागरिकता प्राप्त व्यवस्थाप्रति ध्यानाकर्षण
नेपालबहस संवाददाता
असार ८, २०७७ मंगलबार ३:५७:३५
८ असार, काठमाडौं । जवाफदेहीता निगरानी समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संधोधन गर्न बनेको विधेयकमाथि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिका संयोजक चरण प्रसाईले आज जारी गरेको प्रेस विज्ञप्तिमा यही असार ७ गते प्रतिनिधिसभाको राज्यव्यवस्था समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपाली पुरुष नागरिकसँग विवाह गरेका महिलालाई अङ्गीकृत नागरिकता प्राप्त गर्न कम्तीमा सात वर्ष कुर्नुपर्ने भन्ने व्यवस्थाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरेमा उक्त व्यवस्था लागू नहुने भन्ने प्रस्ताव बहुमतद्वारा पारित गरी उक्त विधेयकलाई संसद्मा पेश गर्ने भनी गरिएको निर्णयप्रति ध्यानाकर्षण जनाएको हो । उक्त व्यवस्थाले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी पुरुषउपर भेदभाव हुन जाने र नेपालको संविधान र अन्तराष्ट्रिय सन्धि अनुकूल नभएको उल्लेख छ ।
उपरोक्त व्यवस्था आफैमा नेपाली छोरा र छोरी नागरिकबीच गरिएको विभेदले असमानताको खाडल अझ गहिरिएर जाने, संविधान प्रद्धत्त समानतासम्बन्धी हकको भावना र मर्मविपरीत हुनेहुँदा यस्तो विभेदकारी व्यवस्थाले ती महिला र परिवारमाथि थप मानसिक तनाव सिर्जना गरेको उल्लेख छ ।
पारिवारिक विभेद, घरेलु हिंसा, सामाजिक भेदभाव तथा विदेशी भएर बस्नुपर्ने अवस्था सिर्जना हुनुका साथै त्यसबाट आई पर्नसक्ने प्रशासनिक झन्झट खेप्नुपर्ने तथा भइरहेको अधिकार खोसिने अवस्था भएकाप्रति संवेदनशील भई महिला र पुरुषलाई समान हुने गरी सो विधेयकमा संशोधन गर्न संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीजिक दल र सांसदलाई समितिले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
एकीकृत समाजवादीको महाधिवेशन सर्यो
बैशाख ५, २०८१ बुधबार
लगानी सम्मेलन लक्षित अध्यादेशबारे राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार