विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो
नेपालबहस संवाददाता
असार ९, २०७७ मंगलबार १३:३५:४३
९ असार, एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९० लाख नाघेको छ । याे समाचार तयार पार्दासम्म जम्मा संक्रमितको संख्या ९१ लाख ८६ हजार १५१ पुगेको छ ।
काेराेनाका कारण अहिलेसम्म विश्वभर ४ लाख ७४ हजार २६० जनाको मृत्यु भइसकेको छ भने ४९ लाख २१ हजार ८९९ जना उपचारपछि निकाे भएर घर फर्केका छन् ।
कोरोना महामारीबाट अमेरिका सबैभन्दा प्रभावित भएको छ । अमेरिकामा २३ लाख ८८ हजार १५३ जना संक्रमित छन् भने कोरोनाकै कारण अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या १ लाख २२ हजार ६१० पुगेको छ ।
कोरोना संक्रमणबाट दोस्रो बढी प्रभावित देश ब्राजिलमा ११ लाख ११ हजार बढी संक्रमित भएका छन् भने काेराेनाकै कारण अहिलेसम्म ५१ हजार ४०७ जनाको मृत्यु भएको छ ।
रुसमा ५ लाख ९२ हजार २८० जनामा कोरोना संक्रमण पुष्टि भएको । कोरोनाकै कारण रुसमा ज्यान गुमाउनेहरुको संख्या ८ हजार २ सय २ पुगेकाे अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
संक्रमित व्यक्तिहरुको आधारमा भारत चौथो स्थानमा छ । भारतमा ४ लाख ४० हजार बढी काेराेना संक्रमित रहेको र अहिलेसम्म १४ हजार बढीकाे मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार