अब कुकुर पाल्न अनुमति लिनुपर्ने, कर तिर्नुपर्ने
नेपालबहस संवाददाता
असार ९, २०७७ मंगलबार १६:४०:१९
९ असार, काठमाडौं । के तपाईले राजधानी काठमाडौं बसेर घरमा कुकुर पाल्ने रहर बनाउनुभएको छ । कुकुरलाई हातमा डोहोर्याउँदै बिहानै दुईचार किलोमिटर यात्रा गर्ने बानी पनि बसेको छ । यदी यस्तो हो भने अब तपाईले कुकुर पाल्न अनुमति लिनुपर्ने र कर तिर्नुपर्ने छ । साथै स्थानीय तहमा दर्ता गर्नुपर्नेछ साथै केही जिम्मेवारी पनि थपिएको छ ।
घरधनीले मनपरी कुकुर पाल्ने तर बूढो या कुकुर रोगी भएपछि सडकमा छोडिदिने प्रवृत्ति बढेको छ । त्यसबाट सडकमा दुर्घटनादेखि जथाभावी रूपमा फोहोर हुने प्रवृत्तिबाट दिक्क भएपछि काठमाडौं महनगरपालिकाले अब कुकुर पाल्ने सम्बन्धमा नयाँ नियम लगाउन नयाँ आर्थिक वर्षका नीति तथा कार्यक्रममा नयाँ व्यवस्था गरेको छ । महानगरपालिकाका अनुसार स्थानीय तहमा दर्ता नगरी कुकुर पाल्न पाइने छैन ।
महानगरपालिकामा कुकुर पाल्ने सोख भएका मानिसले पहिला आफू रहेको वडा कार्यालयमा कुकुरको विवरण दर्ता गरेर मात्र घरमा कुकुरलाई स्वागत गर्नुपर्ने व्यवस्था गरिएको छ । कुकुर पालिरहेकाले पनि वडा कार्यालयमा दर्ता गर्नुपर्नेछ ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार महानगरपालिकाभित्र कुकुर पाल्न कर पनि तिर्नुपर्ने हुन्छ। कर लिएपछि महानगरले सेवा पनि दिने छ। महानगरपालिकालाई नमुना र सभ्य सहर बनाउने अभियानअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ ।
कुकुर पाल्न तिर्नुपर्ने शुल्क, त्यसको स्वास्थ्य सावधानी कसरी अपनाउने भन्ने कुराको टुङ्गो भने छिट्टै लगाउने जनाइएको छ । साथै एक घरमा कतिवटासम्म कुकुर पाल्न पाइने, त्यसको पालनपोषण कसरी गर्ने लगायतका विषयमा समेत कार्यविधि बनाइनेछ ।
पछिल्लो समय कुकुर पाल्ने रहर बढेसंगै महानगरपालिकाका विभिन्न सामुदायमा करिब २४ हजार कुकुर रहेका छन् ।घरपालुवा कुकुरको सङ्ख्या भने १० हजारको हाराहारीमा हुने अनुमान गरिएको छ। काठमाडौंका ३२ वटा वडामा सातदेखि आठ लाख स्थायी बासिन्दा रहेको महानगरको भनाइ छ। बीबीसी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार
चार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार