डिसहोम जोडेका टिभीमा बादल लाग्नेबित्तिकै समस्या
नेपालबहस संवाददाता
असार ९, २०७७ मंगलबार २०:१७:३०
९ असार, असार । नेपालको एक मात्र विनातार सीधै ग्राहकका घरसम्म ‘डिटिएच’ सेवा प्रदायक भनी जिकिर गर्ने डिस होम जोडेकाहरु टेलिभिजन राम्रोसँग हेर्न नपाएको गुनासो गर्छन् । डिटिएच प्रविधिबाट गुणस्तरीय दृश्य हेर्न सकिने बताउँदै आएको डिसहोम बादल लाग्नेबित्तिकै अवरुद्ध हुन्छ ।
पानी पर्न थालेपछि त झ्यार् झ्यार् भएर हेर्न सकिँदैन । कतिखेर त घाम लागेका बेलामा पनि सेवा अवरुद्ध हुने गरेको ग्राहक श्यामबहादुर तामाङले बताए । टिभी हेर्दाहेर्दै बीचमा अड्किने गर्दा ‘बेक्कारमा डिसहोम जोडेछु’ जस्तो लाग्न थालेको उनले सुनाए । कोरोनाको सङ्क्रमण फैलिएका बेला त्यसबारे जान्न समाचार हेर्न बस्दा पटकपटक टिभी बन्द हुने गरेको तामाङको अनुभव छ । डिसहोम जोडेका टिभी घण्टैपिच्छे झ्याप् झ्याप् हुने गरेको धेरै प्रयोगकर्ताको भनाइ छ । यो अनुभव तामाङको मात्र होइन डिसहोम जोड्ने धेरै ग्राहकको हो । आफैँ टिभी बन्द हुने र खुल्ने विशेषता पनि डिसहोमको छ ।
मासिक रु २५० मा टिभी हेर्न सकिने भनी विभिन्न सञ्चारमाध्यमबाट विज्ञापन गर्ने डिसहोमले मासिक शुल्क भने ग्राहकबाट रु ३५० नै असुल्ने गरेको छ । ग्राहकले वार्षिक एकैपटक तिरे मात्र रु ३५० मा सेवा पाउँछन् । विज्ञापनको भाषाले भने वार्षिक एकैपटक तिरे मात्र रु २५० पर्छ भन्दैन ।
सो प्रविधिको माध्यमबाट धेरै टिभी च्यानल स्याटेलाइटबाट सीधै उपभोक्ताका घरमा पुग्ने जिकिर गरिए पनि सेवा गुणस्तरीय छैन । घरको छतमा सानो डिस र टिभीमा सेटअप बक्स जडान गरी आउने भनिएको सो टिभी सिग्नलका कारण समाचार, चलचित्रलगायत हेर्दाहेर्दै अड्किएपछि नमज्जा हुने गरेको दक्षिणकाली नगरपालिका फर्पिङका ग्राहक रामसुन्दर पौडेलले गुनासो गरे ।
सुगमदेखि दुर्गमसम्म लिन सकिने यो सेवाको गुणस्तर भौगोलिक विकटताका स्थानमा अझ कमजोर रहेको जडान गर्ने ग्राहकको गुनासो छ । नुवाकोटको दुप्चेश्वरमा डिसहोम जोडे माया तामाङ विज्ञापन गरे जति राम्रो सेवा पाउन नसकिएको दुःखेसो गर्नुहुन्छ । दुर्गममा पनि राम्रोसँग टिभी हेर्न सकिन्छ भनी डिसहोम जोडिए पनि त्यो पूरा नभएको उनको भनाइ छ ।
डिसहोम जडान गर्ने ग्राहकले शुरुमा एक महिनाको मात्र शुल्क तिर्दा नै कम्तीमा रु चार हजार डिलरलाई बुझाउँछन् । त्यति पैसा बुझाएवापत ग्राहकले प्यान बिलसमेत नपाइएको जनाएका छन् । यसरी डिसहोमले करसमेत छली गरिरहेको देखिन्छ । डिसहोमले ग्राहकलाई दिएको वेबसाइट समेत सहजै खुल्दैन । डिसहोमको गुनासो शाखाकी उर्मिशा भुजेलले पुरानो सेटअप भएका ग्राहकमा मात्र समस्या आएको जिकिर गरे । डिसहोम जोडेको महिना दिन नबित्दै समस्या आएको ग्राहक बताउँछन् । थप जानकारीका लागि कार्यालयका अरु अधिकारीलाई सम्पर्क गराउने उनले जिकिर गरे पनि सम्पर्क हुनसकेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोइजर–१ पुग्यो अन्तरिक्षको २४ बिलियन किमी टाढा, रेडियो सन्देश पठाउन सक्षम
बैशाख १२, २०८१ बुधबार
विश्वमा नै पहिलोपटक चीनले बनायो चन्द्रमाको पुर्ण नक्सा
बैशाख १०, २०८१ सोमबार
२८ कर्मचारी बर्खास्त गरेपछि गुगल प्रमुखको सन्देश : कार्यालयमा राजनीति नगर्नुस्
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार
राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
फिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार