कतारमा काेराेना सङ्क्रमितको सङ्ख्या ८८ हजार ४०३ पुग्याे
नेपालबहस संवाददाता
असार ९, २०७७ बुधबार ३:४९:४७
९ असार, एजेन्सी । खाडी मुलुक कतारमा विगत २४ घण्टामा काेराेनाबाट सङ्क्रमितको सङ्ख्या एक हजार ३४ पुगेसँगै मङ्गलबारसम्म कूल सङ्क्रमितको सङ्ख्या ८८ हजार ४०३ पुगेको कतारका स्वास्थ्य मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार “सोमबार एक हजार ६३७ निको भएर घर फर्किएका र अहिलेसम्म ६९ हजार ९५६ निको भएका छन् । सोमबार थप एक सङ्क्रमितको मृत्यु भएको र मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ९९ पुगेको छ ।”
स्वास्थ्य मन्त्रालयले सङ्क्रमण बढ्नुलाई मानिसहरूको जमघट, यात्रा तथा रोकथामका उपायलाई सहीरूपमा पालना नगर्नु रहेको उल्लेख गर्दै सामाजिक दूरी कायम गर्न र रोकथामका अन्य उपाय उपनाउन सुझाब दिएको छ ।
लाखौँको सङ्ख्यामा एशियाली मुलुक नेपाल, भारत, पाकिस्तान बङ्गलादेश लगायतबाट वैदेशिक रोजगारीका लागि गन्तव्य रहेको कतारमा कूल तीन लाख २४ हजार ५७० व्यक्तिको सङ्क्रमण परीक्षण गरिएको छ । कतार र चीनले कोभिड–१९ विरूद्धको लडाईमा आपसी सहयोग आदानप्रदान गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
मसलामा प्रतिबन्ध लगाएको विषयमा भारतले सिंगापुर र हङकङसँग माग्यो जवाफ
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै
बैशाख १२, २०८१ बुधबार
जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच लगानी अध्ययन संयन्त्र बनाइने
बैशाख १२, २०८१ बुधबार
स्वदेश फर्किए कतारका राजा [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
धनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार