काठमाडौं भित्रिने र बाहिरिनेमाथि थप कडाइ
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार १२:५१:५५
१० असार, काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको महामारीबाट काठमाडौं उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले घरधनीको मञ्जुरी तथा पालिकाको स्वीकृति नलिई भित्रिनेलाई नियन्त्रणमा लिई क्वारेन्टाइन पठाउने तयारी गरिएको छ ।
त्यसैगरी बाहिर जानेका लागि पनि सम्बन्धित जिल्लाको पालिकाबाट सिफारिस पत्र अनिवार्य गरिएको छ । आफूखुसी भित्रिनेलाई विभिन्न पार्टी प्यालेसमा बनाइएका क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले असुरक्षित आवागमनका कारण कोरोना सङ्क्रमण बढ्ने भएकाले व्यवस्थित र सुरक्षित बनाउन उपत्यकामा आउने र बाहिर जानेमाथि थप कडा गरिएको बताए ।
निजी स्रोतबाट सञ्चालित विद्यालयका सञ्चालकले इन्टरनेटको पहुँच नभएका अभिभावकलाई अनलाइन कक्षामा बालबालिकाको सहभागिता बढाउन दबाब दिन थालेपछि काठमाडौं भित्रिनेको सङ्ख्या बढ्न थालेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालका अनुसार विभिन्न नाकाबाट दैनिक एक हजार आठ सयभन्दा बढी सवारी साधन भित्रिने गरेका छन् । करिब एक हजार छ सय बाहिरिने गरेका छन् । उनले भने, पालिका तथा स्थानीय तहको सिफारिस नलिई आउनेलाई कारबाही हुन्छ ।
यसैबीच गृह मन्त्रालयले पनि बाहिरबाट काठमाडौं उपत्यका भित्रिनेका लागि कम्तीमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई मङ्गलबार निर्देशन दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी कोरोना नियन्त्रण निर्देशिका अनुसार लक्षण देखा परेमा मात्र स्वास्थ्य परीक्षणका लागि अस्पताल जाने व्यवस्था गरिएको छ ।
घरधनीहरूले बाहिरबाट आएकालाई डेरा तथा भाडाको कोठामा प्रवेश गर्नुअघि पीसीआर परीक्षण गर्न बाध्य गरेकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक एक हजारभन्दा बढी सर्वसाधारण पीसीआर परीक्षणका लागि जाने गरेको मन्त्रालयले जनाएको छ । गोरखापत्रबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार