पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध, यात्रुलाई सास्ती
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार १८:१९:५२
१० असार, गलेश्वर । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । लगातारको वर्षा, भिरालो जमीन र कमजोर भू–बनावटका कारण अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्से झरनाको माथिबाट ढुङ्गामाटो सहितको लेदो पहिरो खस्दा सडक अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए ।
सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए । अविरल वर्षाका कारण मुस्ताङ जोड्ने एकमात्र सडक अवरुद्ध भएपछि समस्या भएको छ ।
सडक स्तरोन्नतिका लागि डोजर, स्काभेटर आदिको प्रयोग गरिएपछि वर्षाले हिलाम्ये हुँदा सानाठूला सवारीसाधन हिलोमा फस्ने गरेका छन् । सडकखण्डमा सामान्य वर्षामा समेत हिलाम्ये हुँदा यात्रा कष्टकर बनेको दानाका पर्यटन व्यवसायी शेरचनले बताए । “सडकको धरापले यात्रुलाई सास्ती छ, तत्काल मर्मत गरे पनि पुनः खस्ने गरेको छ”, उनले भने ।
उत्तरी म्याग्दी र मुस्ताङ आवतजावत गर्ने मोटरसाइकल र साना सवारी साधन आवतजावतमा ठूलो जोखिम रहेकाले सतर्कता अपनाउन अन्नपूर्ण गाउँपालिकाले समेत अनुरोध गरेको छ । मुस्ताङ जोड्ने सडक रघुगङ्गा गाउँपालिकाको चमेरेदेखि अन्नपूर्ण गाउँपालिकाको गुइँठे, रुप्से झरना, खामाभित्ताको द्वारी खोला र काभ्रेभिरमा धेरै समस्या रहेको छ ।
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्डअन्तर्गत सबैभन्दा जोखिमपूर्ण म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्म पर्छ । बर्खाको समयमा यात्रुल ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । सडकखण्डअन्तर्गत गत शनिबार चमेरेदेखि मुस्ताङको सिमाना घाँसासम्म करीब आधादर्जन स्थानमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाएर यातायातका साधन सञ्चालन गरेको तीन दिन बित्न नपाउँदै आज बिहानदेखि पुनः सडक अवरुद्ध भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रपतिद्वारा हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन [ फोटोफिचर ]
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार