अबको आईजीपी थापा की पाल ?
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार १८:३२:४०
१० असार, काठमाडौं । २०४६ को राजनीतिक परिवर्तनपछि संभवतः पहिलो पटक नेपाल प्रहरीको २८ औं महानिरीक्षकका लागि प्रतिस्पर्धीहरु अस्वस्थ प्रतिस्पर्धामा नउत्रने भएका छन् । वर्तमान प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली यही असार २४ गते सेवा निवृत्त हुँदैछन् । उनको उत्तराधिकारीका रुपमा शैलेश थापा क्षेत्री र हरि पाल लाइनमा बसेका छन् ।
दुुबै एआईजी समकालिन हुुन्, दुुवै नेपाल प्रहरीका काबिल अफिसर हुुन्– एकजना प्रहरी अधिकृतले भने । दुुईमध्ये जो भएपनि नेपाल प्रहरीका लागि उपयोगी मानिस हुुन् भन्दै ती अधिकारीले यसपाला आफ्ना लागि प्रयास गर्ने तर कसैको उछित्तो काढ्ने काम भने नगर्ने सहमति भएको बुुझिएको छ । आईजीपी जो भएपनि एकले अर्कालाई सघाउने भन्दै उनीहरुले एकले अर्कालाई खुुइल्याउने काम भने नगर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल प्रहरीभित्र आफ्ना प्रतिस्पर्धीलाई नांगेझार पारेर पद हत्याउने परिपाटी लामो समयदेखि कायम रहेका बेला यस्तो सहमति हुुनुु प्रहरीका लागि खुुशीको कुुरा हो – ती अधिकारीले भने । यसअघि तीनजना आईजीपी एआईजी नभइकनै आईजीपी भएकोमा यसपाला भने त्यो अवस्था छैन । थापा र पाल दुवै एआईजीमा कार्यरत छन् । पूूर्व आईजीपी प्रकाश अर्याल, सर्बेन्द्र खनाल र वर्तमान आईजीपी ज्ञवाली डीआईजीबाट एकैचोटी आईजीपीमा बढुुवा हुुने भाग्यमानीमा पर्छन् ।
आईजीपी ज्ञवालीका प्रतिस्पर्धी तारणीप्रसाद लम्साल पनि एआईजी हुुन् । तर उनी पनि ३० वर्षे सेवाहदका कारण ज्ञवालीसँगै निवृत्त हुने भएकाले थापा र पाल मध्ये एकजना आईजीपी हुुनेमा परेका छन् । २०४९ सालमा एकैपटक प्रहरी निरीक्षक पदमा प्रवेश गरेका क्षेत्री र पाल आफ्नो क्षेत्रमा अब्बल मानिन्छन् । दुुवैमा प्रहरीको नेतृत्व सम्हाल्ने क्षमता र गुुण छ – एक प्रहरी अधिकृत भन्छन् । त्यसैले जो भएपनि प्रहरीमा असन्तुुष्टी वा बैमनश्यता बढ्ने अवस्था छैन – उनले भने ।
सर्वेन्द्र खनाल आईजीपी हुुँदा अर्का डीआईजी रमेश खरेलले विरोध नै जनाएका थिए । त्यसैले उनले राजीनामा नै दिए । अर्का प्रतिस्पर्धी पुश्कर कार्कीले पछिसम्म पनि आईजीपी हुने आकांक्षा छोडे्का थिएनन् । तर अहिले भने त्यस्तो अवस्था छैन । दुुवैजनाले एक अर्कालाई सहजै स्वीकार्ने अवस्था छ भन्दै यसबाट समग्र संगठनलाई नै फाइदा हुने धेरै प्रहरी अधिकृतको ठम्याई छ ।
दुुवै जना धेरै विवादमा नपरेका र व्यवसायिक प्रहरी अधिकृत भएकाले संगठनको नेतृत्वमा जो पुुगेपनि फरक पर्दैन भन्नेहरु धेरै रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार
खानेपानीको ट्याङ्की निर्माण
बैशाख १३, २०८१ बिहिबार
जल उद्वारसम्बन्धी कृतिम अभ्यास
बैशाख १३, २०८१ बिहिबार
निर्माणाधीन पदमार्ग पर्खाल
बैशाख १३, २०८१ बिहिबार