देशभरका सबै क्वारेन्टाइनमा शौचालय बनाउने तयारी
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार १९:५५:१०
१० असार, काठमाडौं । खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टाइनमा शौचालय बनाउने तयारी अघि बढाएको छ । मन्त्रिपरिषद्को गत साताको बैठकले मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको थियो । मन्त्रालयले कुन मोडलको बनाउने, कुन क्वारेन्टिनमा कति सङ्ख्यामा बनाउनेलगायतका विषयमा छलफल अघि बढाएको छ ।
मन्त्री विना मगर, सचिव माधव बेल्वासे, खानेपानी तथा सरसफाइ विभागका प्रतिनिधि, खानेपानी मन्त्रालयका सहसचिवलगायतका व्यक्ति सहभागी बैठकले स्थायी र अस्थायी कुन प्रकृतिको शौचालय बनाउन उपयुक्त हुन्छ भनि छलफल गरिरहेको छ ।
कोभिड–१९ को सङ्क्रमणको जोखिम हुँदासम्मका लागि अस्थायी शौचालय बनाउने कि त्यही शौचालय भविष्यसम्म प्रयोग गर्ने गरी स्थायी प्रकृतिको बनाउने भनी छलफल भइरहेको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो । उहाँका अनुसार अधिकांश क्वारेन्टिन विद्यालयमै रहेकाले त्यसलाई भविष्यसम्म प्रयोग गर्ने गरी निर्माण गर्ने एकाथरिको सुझाव छ ।
त्यस्तै, छिटो निर्माण गरिसक्नुुपर्ने भएकाले अस्थायी नै बनाउने विषयमा पनि छलफल भएको छ । कम लगानीमा र छिटोे हुने भएकाले बोक्न मिल्ने शौचालयका विषयमासमेत सुझाव आएको छ । उहाँले भन्नुभयो, “कुन मोडलमा बनाउँदा उपयुक्त हुन्छ भनि केही दिनमा नै टुङ्गो लगाइनेछ ।”
मन्त्रालयले केही दिनमा नै ‘मोडालिटी’का बारेमा टुङ्गो लगाएर यही महिनामा नै निर्माण गर्ने योजना बनाएको प्रवक्ता शाक्यले बताए। मन्त्रालयले ‘फास्टट्र्याक’ मार्फत निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यस्तै, निर्माणको जिम्मेवारी कुनै कम्पनीलाई दिने कि स्थानीयस्तरमा कार्यरत गैरसरकारी संस्थालाई दिने भन्ने विषय पनि टुङ्गो लगाइनेछ । सबै क्वारेन्टाइनमा एकनाशको शौचालय बनाइने सोच छ ।
कति बजेटसम्मको बनाउने भनी टुङ्गो लगाउन बाँकी छ । खानेपानी तथा सरसफाइ विभागले विभिन्न प्रदेशका निर्देशनालयमार्फत शौचालय निर्माण गर्ने गरी छलफल भइरहेको उनले बताए । क्वारेन्टाइन क्षमताको आधारमा शौचालय निर्माणबारे टुङ्गो लगाइनेछ । महिलाका लागि कति र पुरुषका लागि कति शौचालय आवश्यक छ भनी बैठकले निर्णय गर्नेछ ।
कोभिड–१९ का सम्भावित सङ्क्रमित बसिरहेका क्वारेन्टाइन व्यवस्थित बनाउन सरकारले खानेपानी मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको हो । धेरै ठाउँमा रहेका क्वारेन्टाइन खानेपानी र शौचालयको राम्रो व्यवस्था छैन । क्वारेन्टाइनमा व्यक्ति सङ्क्रमित पनि हुनसक्ने र उसले प्रयोग गरेको शौचालय धेरैले प्रयोग गर्दा सङ्क्रमण फैलने जोखिम हुन्छ । भारतमा रोजगारीका सिलसिलामा गएका व्यक्ति स्वदेश फर्किएसँगै क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढिरहेको छ ।
सोमबार देशभरमा क्वारेन्टिनमा रहेकाको सङ्ख्या ९० हजार ७३० रहेको थियो । यो सङ्ख्या आइतबार ९४ हजार ९२८ जना थियो भने शनिबार मुलुकभरका क्वारेन्टाइन एक लाख दुई हजार २४५ जना रहेका थिए । गत साता राष्ट्रियसभाको बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै खानेपानी मन्त्री बीना मगरले मन्त्रालयलाई भर्खर मात्रै क्वारेन्टाइनमा खानेपानी र शौचालय, सरसफाइ निर्माणको जिम्मेवारी आएकाले त्यसको कार्यान्वयनमा लागेको बताएकी थिइन
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार