भारतमा एकै दिन झण्डै १६ हजार कोरोना सङ्क्रमित भेटिए
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार २०:३:४१
१० असार, एजेन्सी । भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको दैनिक संख्या अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा एकै दिन झण्डै १६ हजार जना सङ्क्रमित भेटिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ हजार ९६८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ । सोही अवधिमा भारतमा कोरोनाका कारण ४५६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृतकको संख्या १४ हजार ४७६ पुगेको छ भने सङ्क्रमितको संख्या चार लाख ५६ हजार १८३ पुगेको छ ।
भारतमा अहिले पनि कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या एक लाख ८३ हजार २२ रहेको छ । त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरुको संख्या दुई लाख ५८ हजार ६८५ पुगेको छ ।
प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्रमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिलेसम्म एक लाख ३९ हजार १० जना सङ्क्रमित भएको तथ्याङ्क छ । तीमध्ये ६२ हजार ८४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ६९ हजार ६३१ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
त्यसैगरी महाराष्ट्र राज्यमा कोरोना भाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म छ हजार ५३१ जनाको मृत्यु भएको छ ।अधिकारीहरुका अनुसार केन्द्रीय राजधानी समेत रहेको दिल्लीमा भने सङ्क्रमितको संख्या ६६ हजार ६०२ जना रहेको छ भने दुई हजार ३०१ जनाको मृत्यु भएको छ । त्यसैगरी तेस्रो धेरै प्रभावित तमिलनाडु राज्यमा ६४ हजार ६०३ जना सङ्क्रमित हुँदा ८३३ जनाको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
चिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार