सरकारले गरेको बन्दाबन्दीले १६ अर्बको क्षति
नेपालबहस संवाददाता
असार १०, २०७७ बिहिबार ३:१९:४८
◊ हरि बास्तोला
१० असार, पोखरा । विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ पश्चात् नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण पोखरा महानगरपालिकाले करिब १६ अर्ब रुपैयाँको क्षति व्यहोरेको जनाइएको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा बन्दाबन्दीले प्रत्येक क्षेत्रको गतिविधि थप्प हुँदा ठूलो क्षति पुगेको बताए ।
आर्थिक गतिविधि ठप्प हुँदा अन्य नियमित सेवालाई समेत प्रत्यक्ष प्रभाव पारेको नीति तथा कार्यक्रममा कोरोना भाइरसको सङ्क्रमणका कारण उत्पन्न असहज परिस्थितिले मानव समुदायको आवश्यकता र प्राथमिकतालाई नै बदलिदिएको उल्लेख छ । “महानगरपालिकाको आन्तरिक राजस्व सङ्कलन, विकासका कार्यक्रम र नियमित सेवा प्रवाहमा प्रतिकूल असर गरेको छ”, उनले भने, “चैत ११ देखि जेठ ३२ गतेसम्मको बन्दाबन्दीको ७३ दिनमा सो क्षति भएको अनुमानित हिसाब हो ।” विषम परिस्थितिको सामाना गर्दै यस महामारीका सम्भावित असरलाई न्यूनीकरण गर्न र महानगरवासीको जीवनरक्षा गर्दै विकासका गतिविधिलाई निरन्तरता दिने गरी नीति तथा कार्यक्रम तर्जुमा गरिएको उनले बताए।
कोरोना भाइरसको सङ्क्रमणले सिर्जना गरेको प्रतिकूल अवस्थाको सामना गर्न युवालाई नयाँ व्यवसायी शुरु गर्न नवउद्यम प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्दै उनले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा परिरहेको प्रतिकूल असरलाई मध्यनजर गर्दै व्यवसायी सञ्चालन हुने वातावरण निर्माण गर्न आवश्यक पहल गरिने उल्लेख गरे ।
संवैधानिक व्यवस्थाअनुसार समाजवादउन्मुख समाज तथा दिगो विकास लक्ष्य २०३० ले निर्दिष्ट गरेको लक्ष्यलाई साकार पार्ने आधार निर्माण गर्ने गरी तीन वर्षदेखि अवलम्बन गरिएका नीतिलाई अझ थप परिमार्जन गरी चालू आर्थिक वर्षमा प्रस्तुत गरिएको छ । गत आव ७२ करोड ४० लाख ३८ हजार बजेट विनियोजन गरेर १२ वटा योजनामार्पmत ६० किलोमिटर बाटो ग्राभेल र १३ मिलोमिटर सडक कालोपत्रे गरिएको नीति तथा कार्यक्रममा समपूरक अनुदान बजेटबाट १० किलोमिटर बाटो ग्राभेल र छ किमी कालोपत्र गर्ने कार्य सम्पन्न भएको उल्लेख छ ।
पोखरा महानगरपालिकाले पूर्वाधार विकासमा जोड दिँदै आएको उल्लेख गर्दै उनले विभिन्न स्थानमा निर्माणाधीन छ वटा मोटरेबल पुलको निर्माण कार्यले तीव्रता लिएको जानकारी दिए। । महानगरले अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस ‘अक्टुबर १’ मा महानगरको सबैभन्दा जेठो महिला तथा पुरुषलाई महानगर पिता र माता घोषणा गर्ने भएको छ भने ताल संरक्षण तथा वनजङ्गल संरक्षणसहित महानगरलाई पर्यावरणमैत्री पर्यटनका रुपमा अघि बढाउने नीति लिएको छ ।
सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा जलस्रोत, जैविक विविधता संरक्षण एवं सम्वद्र्धन गर्दै शहरी वन विकासको अवधारणाअनुसार महानगरपालिकालाई हरित शहरका रुपमा विकास गरी पर्या–पर्यटन प्रवद्र्धन गर्ने नीति लिएको छ ।महानगरको प्रस्तुत नीति तथा कार्यक्रममा पूर्वाधार विकास, खानेपानी, ताल संरक्षण, स्मार्टसिटी निर्माण, न्याय सम्पादन, उपप्रमुखसँग महिला, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, पशुपालन, जलवायु परिवर्तन तथा जोखिम व्यवस्थापनलगायतलाई उच्च प्राथमिकतामा राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार