जुम्ला सदरमुकामा निषेधाज्ञा जारी
नेपालबहस संवाददाता
असार १०, २०७७ बिहिबार ४:४४:५८
१० असार, सिञ्जा । स्वास्थ विज्ञान प्रतिष्ठानका कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि समुदायमा फैलिन नदिन, आशङ्कित व्यक्ति खोजी कार्य तथा परीक्षणका लागि भन्दै जुम्ला सदरमुकामा निषेधाज्ञा जारी गरिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्वारा जारी निषेधाज्ञ मिति २०७७ असार १० गते दिउँसो ३ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि जारी गरिएको हो ।
स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा सङ्क्रामक रोग ऐन २०२० को २ ‘२’ तथा स्थानीय प्रशासन ऐन, २०२८ दफा ६ ९३० बमोजिम गरिएको गरिएको छ । यसगरी निषेधाज्ञा गरी सिल गरिएको क्षेत्र चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिल्ला नदीसहितका चार किल्ला रहेका प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।
आजै कोभिड नियन्त्रण समितिको बैठकको निर्णयानुसार र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयानुसार असार १० गते ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले आकस्मिक सेवाबाहेक सबै बन्दसमेत गरिसकेको छ भने प्रतिष्ठानका स्वास्थ्यकर्मीको आजै सबैको स्वाब लिइएको जनाइएको छ । कर्णाली प्रतिष्ठानमा काम गरिरहेका चार जना र एक जना अन्य गरी पाँच जनामा कोरोना पोजेटिभ देखिएपछि उच्च सर्तकता अपनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार