कञ्चनपुरका स्थानीय तहको प्राथमिकता कृषि र स्वास्थ्य
नेपालबहस संवाददाता
असार ११, २०७७ बिहिबार १४:५९:१
११ असार, कञ्चनपुर । कञ्चनपुरका पाँच वटा स्थानीय तहले कृषि, पशुपालन, स्वास्थ्य, रोजगारीमुखी कार्यक्रम, भौतिक पूर्वाधार निर्माण, पर्यटकीय क्षेत्रको विकासजस्ता कार्यक्रमलाई प्राथमिकता दिएर बजेट विनियोजन सार्वजनिक गरेका छन् । बुधबारको सभामा ती स्थानीय तहले आव २०७७/०७८ का लागि बजेट विनियोजन गरेका हुन् ।
बेदकोट नपाको बजेट रु ७२ करोड
कञ्चनपुरको बेदकोट नगरपालिकाकाले आर्थिक वर्ष २०७७र०७८ का लागि रु ७२ करोड ४० लाखको बजेट विनियोजन गरेको छ । नगरपालिकाको सातौँ नगरसभाबाट बजेट पारित भएको छ । बजेटमा स्वास्थ्य, कृषि, पशुपालनलगायत बजेटका प्राथमिकतामा परेका छन् ।
कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि १०० श्ययाको आइसोलेसन भवन निर्माण, दमकल, एम्बुलेन्स, शवबाहनलगायत स्वास्थ्य सामग्री, औषधि, उपकरणका लागि रु चार करोड बजेट विनियोजन गरिएको नगर प्रवक्ता नरेश सिंहले बताए ।
पुनर्वास नपाको बजेट रु ६७ करोड
पुनर्वास नगरपालिकाले आर्थिक वर्ष २०७७र०७८ लागि रु ६७ करोड १० लाखको बजेट विनियोजन गरेको छ । नगरसभाबाट पारित बजेटमा स्वास्थ्य, कृषिका साथै विदेशबाट आएका व्यक्तिलाई स्वरोजगार बनाउनेलगायत प्राथमिकतामा राखिएको नगर प्रमुख जिवनराज थापाले बताए ।
“कोरोना भाइरस नियन्त्रण र स्वास्थ्यका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरेका छौँ”, नगर प्रमुख थापाले भने, “विपद् व्यवस्थापनमा पनि एक करोड पाँच लाख बजेट विनियोजन गरिएको छ ।” पहिलो पटक नगरपालिकाले जैविक विविधताले भरिपूर्ण प्याराताललाई पर्यटकीय क्षेत्रका रुपमा विकासका गर्नका लागि बजेट विनियोजन गरेको छ ।
वैदेशिक रोजगारीबाट घर फर्केका व्यक्तिलाई कृषिलगायत आयआर्जनका पेशामा आबद्ध गराउनका लागिसमेत बजेटमा व्यवस्था गरिएको छ । नगर क्षेत्रमा उत्पादित कृषि तथा फलफूलजन्य वस्तुको भण्डारण गर्नका लागि कोल्ड स्टोर निर्माणको कार्यले समेत बजेटमा प्राथमिकता पाएको छ । कृषि, पशुपालन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखिएको छ ।
महाकाली नपाको बजेट रु ५४ करोड ७१ लाख
महाकाली नगरपालिकाले आव २०७७र०७८ का लागि रु ५४ करोड ७१ लाखको बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमा स्वास्थ्य क्षेत्रका लागि रु दुई करोड २५ लाख, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि रु एक करोड बजेट विनियोजन गरिएको नगर उप प्रमुख चिनी गिरीले बताए । नगरपालिकाले कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतमा राखी बजेट विनियोजन गरेको छ । उहाँका अनुसार शिक्षामा रु ८० लाख र कृषिमा रु ३० लाख बजेट विनियोजन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार