चितवनका सात पालिकाको नौ अर्ब बजेट विनियोजन
नेपालबहस संवाददाता
असार ११, २०७७ बिहिबार १६:५५:४१
११ असार, चितवन । जिल्लाका सात पालिकाले आगामी आर्थिक वर्षका लागि रु नौ अर्ब ४० करोडभन्दा माथिको बजेट विनियोजन गरेका छन् । एक महानगरपालिका र पाँच नगरपालिकाले बुधबार बजेट सार्वजनिक गरिसकेका छन् भने गाउँपालिकाको गणपूरक सङ्ख्या नपुगेका कारण सरेको छ । स्थानीय तहले सामान्य ढङ्गबाट परिषद् गरिरहेका छन् । अतिथिसमेत नवोलाई भरतपुर महानगरपालिकाले परिषद् सदस्य र कर्मचारीका माझ नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । जसमा रु चार अर्ब १५ करोड ६४ लाख बजेट सार्वजनिक गरिएको छ ।
महानगर प्रमुख रेनु दाहालका अनुसार बजेटले कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्दै स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई जोड दिएको छ । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७७र०७८ का लागि रु एक अर्ब १४ करोड बजेट ल्याएको छ । नगर प्रमुख नारायण वनले बजेटमा कृषि, रोजगार, स्वास्थ्य तथा शिक्षालाई प्राथमिकता दिइएको बताए । खैरहनी नगरपालिकाको आर्थिक वर्ष २०७७र०७८ का लागि रु ७७ करोड ८५ लाख बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख लालमणि चौधरीले यसपटकको बजेटले कृषि, पशुपालन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको बताए ।
यस्तै राप्ती नगरपालिकाले रु ८२ करोडको बजेट ल्याएको छ । नगरप्रमुख प्रभा बरालका अनुसार समग्रमा बजेट कम भए पनि वडालाई दिने बजेट घटाइएको छैन । यसपटक राप्तीका पहाडी वडाले रु एक करोड ५० लाखसम्म पाएका छन् । राप्तीले खरका छानो मुक्त गर्ने अभियानदेखि कृषिलाई प्रमुख प्राथमिकता दिएको छ । माडी नगरपालिकाले रु ८८ करोड ७० लाखको बजेट ल्याएको छ । यसपटक युवा स्वरोजगार कार्यक्रममा माडी नगरपालिकाले शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएको प्रमुख ठाकुर ढकालले बताए । स्वास्थ्य, कृषि, रोजगार, सडकलाई प्रमुख प्राथमिकता दिएको छ ।
कालिका नगरपालिकाले २०७७/७८ का लागि रु एक अर्ब चार करोड ९२ लाखको बजेट ल्याएको छ । कालिका नगरप्रमुख खुमनारायण श्रेष्ठका अनुसार कालिकाको नयाँ कार्यक्रम जनता आवास कार्यक्रममार्फत विपन्नलाई घर बनाइएको छ । इच्छाकामना गाउँपालिकाले यसपटक रु ५६ करोड ९६ लाख बजेट ल्याउँदै छ ।
गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले विपन्नको आँगनमा स्थानीय सरकार कार्यक्रम यस पटकबाट शुरु गरिने बताए । बजेटले कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएको उनले जानकारी दिए । गाउँपालिका उपप्रमुख कृतिकुमार श्रेष्ठका अनुसार बुधबार गणपूरक सङ्ख्या नपुगेर रोकिएको परिषद् आज हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार