अब जथाभावी पार्किङ गरे १० हजारसम्म जरिवाना
नेपालबहस संवाददाता
असार ११, २०७७ बिहिबार १८:१०:५०
११ असार, काठमाडौं । जथाभावी पार्किङ गरेको पाइए अब १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । जताततै पार्किङको समस्या बढ्नुका साथै अव्यवस्थित पार्किङ गर्नेहरुलाई पनि कारबाही गर्न काठमाडौँ महानगरपालिकाले १० हजार रुपैयाँसम्म जरिवाना गराएर कडा कारबाही गर्ने तयारी गरेको हो ।
महानगरले आर्थिक विधेयक २०७७ मार्फत गाडीको सीसी अनुसार अनधिकृत पार्किङ गरे ठूलो जरिवाना तोकेको हो। यसअनुसार अब मोटरसाइकलले अनधिकृत पार्किङ गरेको पाइए १ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । तीन पाङग्रे सवारी साधनले २ हजार रुपैयाँ, १००० सीसीसम्मका सवारी साधनले २५ सय रुपैयाँ ,१००० देखि १५०० सीसीसम्मले ५ हजार रुपैयाँ, १५०० सीसी र भन्दा माथिका २२०० सम्मका लागि ७००० रुपैयाँ तोकिएको छ। महानगरले २२०० सीसी माथि सबैका लागि १० हजार रुपैयाँ तोकि दिएको छ।
जरिवाना देखाएर तर्साउने !
महानगरको पार्किङ व्यवस्थित गर्ने यो योजना भने नयाँ होइन । चालु आर्थिक बर्षमै महानगरले यो योजना प्रस्ताव गरेको हो । यसलाई निरन्तरता दिन आगामी आर्थिक बर्ष २०७७/७८ मा पनि बजेट छुट्याइएको काठमाडौँ महानगरपालिकाका सुचना अधिकारी बसन्त आचार्यले बताए ।
‘गएकै बर्षदेखि महानगरले पार्किङ व्यवस्थित गर्न शुरु गरेको हो’ उनले भने, ‘पार्किङ व्यवस्थापन गर्न जरिवाना पनि बढाएपछि गाडी पार्किङमा केही अनुशासन पालना हुन्छ कि ? भन्ने आशा हो । तर यो नयाँ योजना भने होइन । यसलाई परिमार्जन गरेर केही थप व्यवस्था गर्न खोजिएको मात्रै हो ।’
आचार्यका अनुसार यसपटक महानगरले पार्किङ क्षेत्र बनाउने, निजी भवनमा पार्किङ बनाउनेलाई कर छुट दिने, व्यवस्थित पार्किङका लागि भवन बनाउने योजना अघि सारेको छ ।
यसका लागि महानगरकै बजेटमा तीन वटासम्म पार्किङ भवन मात्रै बनाउने, निजी भवनको मूनि पार्किङ क्षेत्र निर्माण गर्ने, उनीहरुलाई कर छुट दिने, निजी जग्गा पार्किङका लागि उपलब्ध गराउनेसँग कर नलिने लगायतका योजना छन । जसलाई आगामी आर्थिक बर्षमा कार्याान्वयन गरिनेछ ।
पहिले विकल्प अनि मात्रै जरिवाना
अहिले काठमाडौँमा पार्किङ व्यवस्थापन भद्रगोल छ । काठमाडौँका मुख्य मुख्य क्षेत्र र बजारमा पार्किङ व्यवस्था नहुँदा सेवाग्राहीले अनेकौ कष्ट झेल्नुपरेको छ । गाडी दुई किलोमीटर कतै पार्किङ गरेर हिड्नुपर्ने बाध्यता धेरैलाई छ । पार्किङ व्यवस्थापन नहुँदा जहाँ पाए, त्यही पार्किङ गर्दा गाडी चोरी हुने समस्या पनि उत्तिकै छ ।
यो समस्या ज्युँ का त्युँ रहेका बेला १० हजारसम्म पार्किङ जरिवाना तिराउने योजनाले सेवाग्राही तर्सने र आक्रोशित हुने अर्को डर छ । तर महानगरले विकल्प नदिई जरिवाना तिराउने काम शुरु नहुने बताएकाे छ । अहिले केही सामान्य जरिवाना र गाडी उठाएर महानगरसम्म लैजाने गरिएपनि ठूलो जरिवाना शुल्क लिने कुनै योजना नरहेको सुचना अधिकारी आचार्यको टिप्पणी छ ।
‘हामीले विकल्प नदिई पार्किङ शुल्क लिदैनौ’ उनले भने, ‘महानगरले पार्किङ भवन बनाएपछि, पार्किङ क्षेत्र छुट्याएपछि मात्रै अहिले प्रस्ताव गरिएको जरिवाना शुल्क उठाउने हो । यो कर असुलेर राजस्व बढाउनका लागि होइन कि व्यवस्थित पार्किङ होस भन्नैका लागि ल्याइएको योजना पनि हो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार