वालिङ नगरपालिकाको बजेट झण्डै ८१ करोड
नेपालबहस संवाददाता
असार ११, २०७७ बिहिबार २३:५९:४६
◊ प्रकाश डोटेल
११ असार, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले आठौं नगरसभा मार्फत आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ८० करोड ९२ लाख ५४ हजार ८ सय २२ बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक कल्पना तिवारीले आठौं नगरसभामा प्रस्तुत बजेट तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
नगरपालिकाको आन्तरिक आय (विभिन्न शीर्षक) तर्फ ५ करोड ३३ लाख, स्रोत उपयोगबाट प्राप्त बाँडफाँड (राजश्व बाँडफाँड) संघीय सरकारबाट १० करोड २२ लाख ६७ हजार ८ सय २२ विनियोजन गरिएको छ । प्रस्तुत बजेटमा बित्तीय समानीकरण अनुदान १५ करोड ४७ लाख, सशर्त अनुदान ३८ करोड ६९ लाख, संघीय सरकार समपूरक अनुदान २ करोड, संघीय सरकार विशेष अनुदान १ करोड, सडक बोर्ड नेपालबाट ४७ लाख र गतवर्षको मौज्दात ४ करोड ६० लाख गरी ७७ करोड ७८ लाख ६७ हजार ८ सय २२ रुपैयाँ बाडफाँड गरिएको छ ।
प्रदेश सरकार राजश्व बाँडफाँडबाट ८७ लाख १९ हजार, प्रदेश सरकार समानीकरण अनुदानबाट १ करोड २६ लाख ६८ हजार, प्रदेश सरकार समपूरक अनुदानबाट १ करोड गरी कूल ८० करोड ९२ लाख ५४ हजार ८ सय २२ अनुमानित बजेट उपप्रमुख तिवारीले बिनियोजित बजेट नगरसभामा प्रस्तुत गरेकी हुन् ।
क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा ८० करोड ९२ लाख ५४ हजार ८ सय २२ खर्च हुने अनुमान गरिएको छ । जसमध्ये शिक्षा, स्वास्थ्य, कृषि, पशुसमेतको चालु खर्चतर्फ ३८ करोड ९६ लाख ८४ हजार ८ सय २२ रुपैयाँ र पूँजिगत खर्चतर्फ ४१ करोड ९५ लाख ७० हजार खर्चको अनुमानित बजेट सार्वजनिक गरिएको छ । कूल बजेटमा चालुतर्फ ४८.१५ प्रतिशत र पूँजिगततर्फ ५१.८५ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७७/०७८ का लागि बजेटका उद्देश्य तथा प्राथमिकताहरुमा कोरोना भाइरसको रोकथाम, नियन्त्रण उपचारको प्रभावकारी ब्यवस्थापन गर्ने सबैको जीवन रक्षा गर्दै जनजीवनलाई सुरक्षित र सहज बनाउने, स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको अधिक उपयोग तथा उपलब्धताको उच्चतम परिचालन गरी विकासको गतिलाई तीब्र बनाउने, आर्थिक सामाजिक, भौतिक पूर्वाधार क्षेत्रको विकासमा जोड दिने नीति लिईएको छ ।
नगरसभामा नगरप्रमुख दिलीपप्रताप खाँणले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि दफावार छलफल गरिएको थियो । नगरपालिकाको नीति कार्यक्रम तथा बजेटमा विशेष गरी स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकताकासाथ प्रस्तुत गरिएको छ ।
नगरप्रमुख खाँणले स्वास्थ्य, शिक्षा र पूर्वाधार लगायत सामाजिक तथा समावेशी विकासमार्फत समृद्ध नगर निर्माण गर्ने, शिक्षा, कृषि, रोजगारीसँगसँगै अन्य क्षेत्रको विकास गरी आत्मनिर्भर नगरपालिकाको दिशामा अग्रसर हुने, नगरबाट प्रदान गरिने सेवा प्रवाहको गुणस्तर बढाइ नगर सरकारको अनुभूतिसहित सुशासनको प्रत्याभूति दिन नगरको बजेट केन्द्रित रहने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार