बैंककाे ब्याजमा मिनाह दिन होटल व्यसायीको माग
नेपालबहस संवाददाता
असार ११, २०७७ शुक्रबार ४:२०:२९
११ असार, सुर्खेत । तीन महिनादेखि व्यवसाय बन्द भएको भन्दै होटल व्यवसायी सङ्घ सुर्खेतले ब्याज मिनाह दिन सरकारसँग माग गरेको छ । कोरोना सङ्क्रमणका कारण तीन महिनादेखि व्यवसाय बन्द रहेको भन्दै यो अवधिको बैंकको ब्याज मिनाह गर्न सरकारसँग माग गरेको हो । ब्याज मिनाहसँगै सङ्घले न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै सङ्घले व्यवसायीहरुले घर भाडा र बैंकको ब्याज तिर्न नसकेर पलायन हुने अवस्था आएको दुखेसो गरेको छ ।
सङ्घका अध्यक्ष गोरख रावतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सुर्खेत जिल्लामा मात्रै एक हजार २५० भन्दा बढी होटल छन् । यसमा करिब छ हजार बढी जनशक्तिले रोजगारी पाइरहेको अवस्था छ । बन्दाबन्दीका कारण होटल व्यवसाय बन्द हुँदा नागरिकको रोजगारी मात्रै गुमेको छैन्, अर्बौैंको नोक्सानी भएको छ ।”
सङ्घले होटल व्यवसायीहरु सबैभन्दा बढी घरभाडाको मारमा परेकाले लकडाउन अवधिभरको घरभाडा पूर्णरुपमा र सङ्क्रमणकाल रहुञ्जेलसम्मका लागि ५० प्रतिशत छुटको व्यवस्था गर्न सरोकारवालासँग आग्रह गरेको छ । अध्यक्ष रावतले छुटका लागि घरधनीहरुलाई समेत राहत पुग्ने गरी विशेष कोषमार्फत सम्बोधन गर्न सरकारसँग माग गरिएको जनाउँदै अहिलेकै अवस्थामा घर भाडा तिर्न नसकिने बताए ।
सङ्घले सङ्क्रमण अवधिभर बिजुली पानीको महसुल कम्तीमा एक वर्षका लागि छुट र टेलिफोन, इन्टरनेटलगायतका महसुलमा विशेष सहुलियतको व्यवस्था गर्न माग गरिएको छ । सङ्घका महासचिव जनकबहादुर सिंहले एक वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजश्व छुट गरिदिन सरकारसँग माग गरिएको बताए।
उनले भने, “होटल व्यवसायमा संलग्न व्यवसायीहरुले बैङ्क र वित्तीय संस्थाहरुबाट लिएको ऋणको ब्याज र किस्ता तिर्ने मुख्य स्रोत यही व्यवसाय मात्र हो । जुनसुकै शीर्षकमा लिएको भए पनि उक्त ऋण तिर्ने समयावधि कम्तीमा दुई वर्ष थप गरी उक्त अवधिभरको ब्याजमा सहुलियत दर कायम गराई साँवामा गाभिदिने व्यवस्था गर्न सरकारसँग माग गर्दछौँ ।” उनले अहिलेसम्म कुनै पनि किसिमको व्यावसायिक सुविधा नपाएकाले तत्कालका लागि चालु व्यवसायलाई नै धितोको रुपमा मूल्याङ्कन गरी न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार