शिवसताक्षी गायन प्रतियोगिता हुँदै
नेपालबहस संवाददाता
असार १२, २०७७ शनिबार २:१:८
१२ असार, काठमाडाैं । शिवसताक्षी अनलाईन गायन प्रतियोगिता सुरु हुने भएको छ । शिवसताक्षी नगरपालिका भित्र जन्मस्थान हुने, स्थायी वा १ वर्ष भन्दा बढी अस्थायी रुपमा बसोवास गरेका व्यक्तिहरु यस गायनमा सहभागि हुन पाउने छन् । बालकदेखि वृद्धसम्म जो कोहीले सहभागिता जनाऊन सक्नेछन् । प्रतियोगिता सहभागि हुने व्यक्तिहरुमा उमेरको प्रतिबन्ध भने छैन ।
सहभागिहरुले उक्त गायत प्रतियोगितामा आगामी साउन १५ गतेभित्र निःशुल्क नाम दर्ता गराइसक्नुपर्ने छ । आयोजक बाेलाेचाैक विकास समितिले यो प्रतियोगिता मात्र नभएर तालिम पनि भएको जनाएकाे छ । गायत प्रतिभाहरूलाई उजागर गर्ने मुख्य उद्देश्यको साथ नेपाली गित-संगितमा थौरै भए पनि सहयोग गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । प्रतियोगितामा सहभागि हुन singing.bobis.org.np मा साउन १५ गते भित्र नाम दर्ता गराउनु पर्ने छ।
साउन २१ गते भित्र सबै योग्य प्रतियोगिहरूलाई प्रतियोगि नम्बर संस्थाबाट दिईने छ । श्रावन ३२ गते भित्र सबै प्रतियोगिहरूले आ-आफ्नो गित रेकर्ड गरेर संस्थालाई भिडियो उपलब्ध गराउनु पर्नेछ । उपलब्ध गराईएको भिडियो कुनै ठाउंमा पोस्ट नभएको हुनुपर्ने छ। शब्द राष्ट्रीय नेपाली भाषा भएको सबै खाले (फिल्मी, रक, लोकदोहरी, राष्ट्रीय, लोक, आधुनिक आदी सबै खाले) गितलाई मान्यता दिईने बताइएको छ ।
गितहरुलाई DS NEPAL नामक युटुब च्यानलमा अपलोड गरिने छ । कार्यक्रम संग सम्बन्धित जानकारी, फोटो, भिडियोहरू सम्पादन गरेर वा नगरी प्रकानश गर्ने अधिकार पुर्णरूपमा आयोजक समितिलाई रहने छ । तर प्रतियोगिको व्यक्तिगत जीवनमा नकारात्मक असर पर्ने आँच आउने काम आयोजक समितिले नगर्ने बताएको छ । प्राविधिक वा अन्य कुनै कारण बस कार्यक्रमको ढाँचा परिवर्तन गर्नु पर्ने भएमा वा कार्यक्रमसंग सम्बन्धित कुनै विबाद उत्पन्न भएमा आयोजक समितिको निर्णयलाई अन्तिम निर्णय मानिने जनाइएको छ ।
युटुवमा भीडीयो अपलोड गरेपछि त्यहाँ आउने Viewer, viewers time, like र dislike को आधार ५० प्रतिशत, ४० प्रतिशत निर्णयक मण्डलबाट र १० प्रतिशत आयोजकको मुल्यांकनबाट Top 30 छानिने छ । Top 30 मा पर्न सफल सम्पुर्ण प्रतियोगिहरुले पुनस् नयाँ गित रेकड गरेर ११ दिन भित्रमा संस्थालाई उपलब्ध गराउनु पर्नेछ । Top 30 बाट Top 10 छनोट गरिने छ । Top 10 बाट 1st, 2nd, 3rd छनोट गरिने छ । उत्कृष्ट हुनेलाई प्रमाणपत्रसहित पुरस्कृत गरिने छ ।
कार्यक्रमसंग सम्बन्धित फोटो, भिडियो लगायत सम्पुर्ण सामाग्रीमा DS NEPAL Youtube च्यानलको एकाधिकार रहने छ । प्रतियोगिहरूलेरकसैले पनि कुनै किसिमको दाबी विरोध गर्न पाउने छैनन् । कसैले दाबी विरोध गरेमा प्रतियोगिताबाट निश्कासन गरिनेछ । आवश्यक परे सामाजिक बहिष्कार पनि गरिने आयोजकले जनाएको छ । यो प्रतियोगिताको सर्वाधिकार बोलोचौक विकास समितिमा निहित रहने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
आजदेखि काठमाडौंमा कला उत्सव
मंसिर १६, २०८० शनिबार
आज महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झने दिन
कात्तिक २७, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार