कानून त सबैका लागि बराबर होइन र ?
नेपालबहस संवाददाता
असार १३, २०७७ शनिबार १७:५६:३२
◊ नारायण न्यौपाने
१३ असार, काठमाडौं । मन्त्रीलाई प¥यो भने मात्रै साइवरको विषय सम्बोधन हुने कि सामान्य नागरिकका पनि उजुरी र मर्का हेरिन्छ भनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षा निकायसँग सांसदले जिज्ञासा राख । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा सांसद रामबहादुर विष्टले माथिल्ला ओहदाका मानिसलाई अप्ठेरोमा पर्दा मात्रै आँखा देख्ने र कान खुल्ने हुनु भएन, कानून त सबैका लागि बराबर होइन र भनी प्रश्न गरे
केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी भर्चुअल बैठकमा आकस्मिकरुपमा यौनजन्य तस्वीर देखिएपछि कार्यक्रम तत्काल नै रद्द गर्नुपरेको र त्यसबारे छानबिन र अनुसन्धान भइरहेको भन्ने विषय उठेपछि सांसदले साइबर अपराधका घटनाबारे धारणा राखेका थिए ।
कोभिड–१९ बाट उत्पन्न परिस्थितिले प्रविधिको प्रयोग र माग ह्वात्तै बढेसँगै दुरुपयोगका घटनापनि बढिरहेका बताउँदै सांसदले युटुबलगायत सामाजिक सञ्जाललाई व्यवस्थित तुल्याउन अत्यन्त जरुरी रहेको धारणा राखे । मुलुकमा धेरै मानिस साइबर अपराधबाट पीडित रहेकाले उनीहरुले भोग्नुपरेको दुःख र कष्टको तत्काल सुनुवाइ हुने संयन्त्र बनाएर न्याय दिने काम गर्नुपर्ने उनीहरुको सुझाव थियो ।
सांसदको प्रश्नको जवाफमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव राधिका अर्याल, नेपाल दूरसञ्चार प्राधिकरणका प्रबन्ध निर्देशक पुरुषोत्तम खनालले सामाजिक सञ्जाललाई व्यवस्थित तुल्याउन तथा भर्चुअल बैठकलाई शुद्धता कायम गर्न कोसिस भए पनि प्रभावकारी कानूनको अभावमा साइबर अपराधबाट पीडित प्रताडित हुनु परिरहेको बताए।
बलियो कानून, प्रविधि र आवश्यक पूर्वाधारको अभावमा प्रविधिको दुरुपायोग गरी शोषण, ब्लाकमेल, ठगी, अवहेलना, फिरौती र चरित्रहत्या जस्ता घटना भइरहेका छन् । नेपाल प्रहरी साइबर अनुसन्धान ब्यूरोका वरिष्ठ उपरीक्षक नविन्द अर्यालले सामाजिक सञ्जालको दुरुपयोग र इन्टरनेट ह्याकिङक घटना बढिरहेको जानकारी दिँदै युटुबलाई तत्कालै नियमन गर्न अत्यन्त जरुरी रहेको बताए ।
प्रविधिको प्रयोग विकास कि विनाशमा
सांसद बहादुरसिंह लामाले इन्टरनेटलगायत प्रविधि विकासमा भन्दा विनाशमा बढी प्रयोग हुन लागेकाले त्यसको रोकथामका लागि प्रभावकारी कानून र संयन्त्रको खाँचो औँल्याए। सांसद गणेश पहाडीले भने, “सरकारले स्थानीय तहमा उच्च क्षमताको इन्टरनेट सेवा पु¥याउने भने पनि पहुँच विस्तार हुन नसक्दा लकडाउनको समयमा कक्षा सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ, सामाजिक सञ्जालको दुरुपयोग रोक्न नीतिगत र कानूनी व्यवस्था गरिनुपर्छ ।”
समितिका सदस्य गौरीशङ्कर दासले डिजिटल फ्रेम वर्करलाई राष्ट्रिय गौरवको आय अयोजनाको रुपमा राखिए पनि त्यसको विस्तार किन सुस्त छ भन्दै नियन्त्रण गर्न सकिने प्रविधिको मात्र प्रयोग गर्ने व्यवस्था गर्न सुझाव दिए। सो अवसरमा केही सदस्यले साइबरसम्बन्धी विषय विद्यालयका पाठ्यक्रममै समावेश गर्न र इन्टरनेश सेवा प्रदायकलाई अनुमति दिँदाकै बखत नियमन गर्ने बाध्यात्मक व्यवस्था मिलाउन आवश्यक छ भने ।
आधिकारिक इमेल र वेबसाइटबाट मात्र प्रयोग गरौँ
यसैबीच, सामाजिक सञ्जालको दुरुपयोग, साइबर अपराध र विद्यालयमा इन्टरनेश सेवा विस्तारका सम्बन्धमा उठेको प्रश्नलाई सम्बोधन गर्न समितिले एप्स तथा सामाजिक सञ्जालको सुरक्षा, गोपनीयता र उपयोगीताको पुष्टिपछि मात्रै डाउनलोड गर्न सकिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
सरकारी वेबसाइट अनिवार्य अडिट गर्न र सरकारी डोमेन नेभ निजी क्षेत्रबाट दर्ता हुँदै आएकोमा त्यसलाई रोक्न तथा स्थानीय तहमा विद्यालयलगायत संरचनामा इन्टरनेट सेवा उपलब्ध गराउने कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न पनि सरकारलाई समितिले निर्देश गरेको छ । सरकारी काजगपत्र, सूचना र जानकारी अनाधिकृतरुपमा दुरुपयोग हुने गरेकाले आधिकारिक इमेल र वेभसाइटबाट मात्र प्रयोग हुने व्यवस्था मिलाउन समितिले सरकारलाई सुझाव दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकिस्तानमा एक्समाथि लगाइएको प्रतिबन्ध हटाउन अदालतको आदेश
बैशाख ६, २०८१ बिहिबार
विश्वको सबैभन्दा ठूलो रकेट ‘स्टारसिप’ ५०० फिट अग्लो हुने
बैशाख ५, २०८१ बुधबार
काठमाडौं उपत्यकाको वायुप्रदूषण अझै १७७ एक्यूआई
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार