लकडाउनमा पनि नियमित खोप सेवा सञ्चालन
नेपालबहस संवाददाता
असार १३, २०७७ शनिबार २०:२४:९
१३ असार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्राालयले लकडाउनमा पनि नियमित खोप सेवा सञ्चालन गरेको छ । मन्त्रालयले कोरोना भाइरसको कारणले केही सङ्क्रमण बढी देखिएको स्थानमा बाहेक अन्य ठाउँमा नियमित खोप सेवा सञ्चालन गरेको छ ।
स्वास्थ्य सेवा विभागको वालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले नियमित खोप सेवा अन्तर्गतका सबै खोप सञ्चालन गर्न नसकेपनि ३५ प्रतिशत खोप मात्र सञ्चालन गरिएको बताए । उनले सङ्क्रमित बढी देखिएका स्थानीय तहबाहेक अन्य ठाउँमा नियमित अन्तर्गतका खोप सेवा दिइएको बताए ।
‘‘हामीले नियमित खोप दिन नसकेपनि केही बालबालिकालाई खोप दियौँ’’ उनले भने, ‘‘मन्त्रालयले वैशाख १० गते खोप रोक्नुहुँदैन भनेपछि नियमित खोप सञ्चालन ग¥यौ । ’’ सङ्क्रमण बढ्दै गएपछि चैत २१ गते मन्त्रालयले नियमित खोप सेवा रोकेको थियो । नियमित खोप नदिँदा बालबालिकालाई प्रभाव पर्ने भन्दै मन्त्रालयले खोप सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
वर्षेनी जन्मेदेखि १५ महिनासम्मका छ लाख २० हजार बालबालिकालाई सरकारले निःशुल्करुपमा विसिजी, डिपीटी, पोलियो, दादुरा, रुवेलालगायतका १२ प्रकारका खोप सेवा दिँदै आएको छ । ती खोप सेवा १६ हजार खोप सेवा केन्द्रबाट करिव ५२ हजार महिला स्वास्थ्य स्वयमसेविकाले दिने गर्दछन् । यसैगरी विभागले खोप सेवासँगै सरसफाई प्रवद्र्धन कार्यक्रम गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि खोप लगाउन आउने आमालाई सरसफाई कसरी गर्ने भन्ने सिकाइने शाखाका प्रमुख डा गौतमले बताए ।
नियमित खोप सेवा बच्चालाई लिन आएको बेला खोप केन्द्रमा नै बालबालिकाका आमालाई सरसफाई प्रवद्र्धन सिकाइने छ । कार्यक्रम अन्तर्गत हात धुने, स्तनपान, खानेकुरा खुवाउने, दिसापिसावजस्ता काम कसरी गर्ने भन्ने आमालाई सिकाइने छ । यसरी सरसफाईमा र वातावरणीय सरसफाईमा ध्यान दिँदा बालबालिकालाई झाडापाखाला र अन्य रोग कम लाग्ने गर्दछन् । ‘‘जन्मदेखि १५ महिनासम्म एक जना बच्चाको लागि खोप सेवा लिन आमा कम्तिमा सात पटक आउने गर्दछन,’’ उनले भने, ‘‘ त्यही बेला जति पटक खोप सेवा लिन बच्चालाई आउछन् त्यति नै पटक सरसफाई प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नेछौँ ।’’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार