बामदेवलाई न्याय चाहियो
नेपालबहस संवाददाता
असार १३, २०७७ आइतबार २:४७:३२
१३ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ उपाध्यक्ष वामदेव गौतमले विगतमा आफूमाथि अन्याय भएको भन्दै न्यायको माग गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटार जारी स्थायी समितिको जारी बैठकमा शनिबार बोल्दै उपाध्यक्ष गौतमले महाकाली सन्धिमा गल्ती भएको र त्यो कुरा उठाउँदा आफूलाई कारबाही भएको भन्दै न्याय माग गरेका हुन्।
सन्धि राष्ट्रको हितमा छैन भन्दा तत्कालीन एमालेबाट निस्कासन हुनुपरेको भन्दै गौतमले नेतृत्वले गल्ती भएको स्वीकार गर्नुपर्ने बताएका हुन। उनले भने, ‘सुरुवातमा मैले समर्थन गरेको थिएँ। बुझ्दै जादाँ गलत रहेछ भनेर विपक्षमा उभिँदा पार्टीबाट निस्कासन हुनुपर्यो। पार्टीले त्यतिबेला कारबाही गरेर गल्ती भएको रहेछ भनिदिनुपर्यो ।’
नेपाल र भारतबीच २०५२ माघमा उक्त सन्धि भएको थियो। सरकारको नेतृत्व हालका कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए। तत्कालीन एमालेको कमाण्ड माधवकुमार नेपालले सम्हालेका थिए। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि सन्धिका समर्थक थिए।
स्थायी समितिमा उपाध्यक्ष गौतमले लिम्पियाधुरासहितको नक्सा जारी गर्ने सरकारको कमदलाई समर्थन गरे। शनिबार २१ स्थायी समिति सदस्यले सीमा समस्याका विषयमा धारणा राखेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार