कतै भर्खरै रोप्न सुरु, कतै सकिनै लाग्यो रोपाइँ
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार १६:४५:४९
१४ असार, सुर्खेत । जेठ तेस्रो सातादेखि सुरु भएको धान रोपाइँ हालसम्म २ लाख ७५ हजार २९ हेक्टरमा भएको छ । बर्खे सिजनमा करिब १३ लाख ७१ हजार हेक्टरमा रोपाइँ हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । त्यसमध्ये यस वर्ष कर्णाली प्रदेशमा पहिलाे पटक असार १५ नआउदै ३६ प्रतिशत रोपाइँ सकिएको छ ।
प्रदेशको ३८ हजार तीन सय ८५ हेक्टर जमिनमा धान रोपाइँ गरिन्छ । प्रदेशका दशवटै जिल्लामा कतै रोपाइँ सकिनै लागेको छ भने कतै भर्खरै रोप्न सुरु गरिएको छ । गत वर्षको तुलनामा यो वर्ष छिटो रोपाइँ सकिने कृषि विकास निर्देशनालय सुर्खेतका बागवानी अधिकृत यामबहादुर रानाका बताए । उनका अनुसार किसानले अघिल्ला वर्षहरूभन्दा यो वर्ष छिटो रोपाइँ सक्नेछन ।
कर्णालीको खेती प्रणाली आकाशे पानीको भरमा छ । पर्याप्त सिँचाइ सुविधा नहुँदा रोपाइँका लागि मनसुन नै कुर्नुपर्ने बाध्यता छ । यो पटक समयमै मनसुन सक्रिय हुँदा रोपाइँ धमाधम भइरहेको छ । प्रदेशका कतिपय क्षेत्रमा चैत–वैशाखदेखि नै थालिने रोपाइँ साउन अन्तिमसम्म चल्छ । पहाडी जिल्लामा असार लागेपछि रोपाइँ सुरु गरिन्छ भने जुम्लालगायतका उच्च पहाडी क्षेत्रमा चैतदेखि नै धान रोप्न सुरु गरिन्छ । यहाँ ढिलो रोप्दा तापक्रमका कारण धान नपाक्ने हुनाले छिटो रोपाइँ गर्ने चलन छ ।
कर्णाली जुम्लामा सबैभन्दा बढी ९६ प्रतिशत रोपाइँ सकिएको कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार डोल्पामा ७५ प्रतिशत, हुम्लामा ७० प्रतिशत, सल्यानमा ७० प्रतिशत, मुगुमा ६० प्रतिशत, जाजरकोटमा ४५ प्रतिशत र कालीकोटमा ३० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
रुकुम–पश्चिममा ३० प्रतिशत र दैलेखमा २५ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशमा सबैभन्दा कम सुर्खेतमा १० प्रतिशत मात्रै रोपाइँ भएको छ ।
यसैबीच, यो बर्ष असार १५ गते सोमबारका दिन भोली मनाइने राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सवमा हिलो खेल्न नपाइने भएको छ । कोरोना महामारीको समयमा संक्रमण फैलिन नदिन कृषि विभागले बनाएको रोपाइँ महोत्सव प्रोटोकलमा हिलो खेल्ने र छ्याप्ने काम गर्न नपाइने उल्लेख गरिएको छ ।
रोपाइँ महोत्सव गर्दा अन्य सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक ‘हिलो छ्याप्ने आदि’ गतिविधि नगर्ने’ कृषि विभागले तयार पारेको प्रोटोकलमा भनिएको छ । सीमित सहभागिता र सुरक्षा मापदण्ड पालना गरी महोत्सवको कार्यक्रम गरिने कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डेले बताए ।
सामान्यतया रोपाइँ महोत्सवमा धान रोप्न ठिक्क पारेको खेतमा एक अर्कामा हिलो छ्यापेर रमाइलो गर्ने गरिन्छ । तर यसवर्ष सकेसम्म २५ जनामात्र सहभागी हुने र २५ भन्दा बढी सहभागी भए सहभागीबीच न्युनतम ६ फिट २ मिटर दूरी कायम गर्नुपर्ने नियम बनाइएको छ ।
सम्भव भएसम्म सहभागीको ज्वरो नापेर १००.४ डिग्री फरेन्हाइट भन्दा बढी तापक्रम देखिएमा प्रवेश नदिने पनि रोपाइँ महोत्सव प्रोटोकलमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
व्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार