ट्रकमा लुकाई छिपाई ल्याएको जडीबुटीसहित ४ पक्राउ
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार १९:५७:२२
१४ असार, धादिङ । निलकण्ठ नगरपालिका-१२ दामगाडेबाट रुविभ्यालीबाट धादिङवेसीतर्फ गाउँदै गरेको बा.५ ख ६१८० नम्बरको मिनि ट्रकमा लुकाई छिपाई ल्याएको जडीबुटीहरु जटामसी ३ सय १० किलो ७७ ग्राम, निरमसी २ किलो १ सय ५० ग्राम, गुची च्याउ १७ ग्राम र यार्सागुम्बा १ किलो ८ ग्रामसहित ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उक्त मिनि ट्रकका चालक रुविभ्याली गाउँपालिका-१ बस्ने पेम्बा तामाङ, सोही ठाउँ बस्ने ट्रकका सह-चालक टसी तामाङ, झ्यापरोङ तामाङ र ग्यार्मे नामग्याल तामाङ रहेका छन् ।
उक्त मिनि ट्रकमा जडिबुटीहरु लुकाई छिपाई ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त ट्रक खानतलासी गर्दा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त परिमाणको जडीबुटीहरु फेला पारी ट्रकमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ व्यक्तिहरुलाई बरामद जडीबुटीसहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार