विभिन्न घट्नामा परी स्याङ्जामा ३ जनाको मृत्यु, एक घाइते
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार २०:११:२
१४ असार, स्याङ्जा : स्याङ्जामा विभिन्न घट्नामा परेर ३ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । अविरल बर्षाका कारण बाढी र पहिरोमा परेर दुई जनाको र एक जना मृत अवस्थामा फेला परेपछि ३ जनाको मृत्यु भएको हो ।
रुपन्देही घर भई वालिङ ७ केवरेमा दिदिको घरमा बस्दै आएका बर्ष २२ का लोकबहादुर थापा दमाई गए राती पुलबाट खसेर खोलाले वगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शब वालिङ ६ मिर्दिखोलामा फेला परेको थियो । शबको पोष्टमार्टम गरी परिवारलाई बुझाउने तयारी भएको प्रहरीले जनाएको छ ।
अत्यधिक बर्षाकारण गए राती आएको पहिरोले घर पुरेपछि गल्याङ नगरपालिका ९ साङलियमा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । पहिरोमा परेर ४९ बर्षिय यमबहादुर विकको मृत्यु भएको हो । श्रीमान श्रीमती एकै ठाउमा सुतेको बेला राती पहिरोले घर पुरिदा श्रीमानको मृत्यु भएको थियो भने श्रीमति घाईते फुलमाया विकलाई उपचारका लागि पाल्पा लगिएको वडा अध्यक्ष हरी खनालले जानकारी दिए ।
घटना घटे लगत्तै गाउलेले उद्घारगरि गल्याङ सामुदायिक हस्पिटल ल्याएका थिए । उपचारका लागि गल्याङ नगर अस्पतालमा ल्याइएको दुवै मध्ये यमबहादुरको मृत्यु भएको थियो । यमबहादुरको शवलाई हाल सामुदायिक हस्पिटलमा राखिएको छ भने घाइतेलाई उपचारको लागि पाल्पा पठाइएको वडा अध्यक्ष खनालले जानकारी बताए ।
यता पुतलीबजार नगरपालिका १३ चिलाउनेखर्कका ६९ बर्षिय कुलबहादुर थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख विमलराज कणेलले जानकारी दिए । वडा कार्यालयबाट सुन्तलाका विरुवा लिएर घर तर्फ जादै गरेका थापा बायाखोला छहरामा घोप्टो परेको अवस्थामा फेला परेका थिए ।
उनको पनि पोष्टमार्टम गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी प्रमुख कणेलले बताए । अविरल बर्षका कारण चापाकोट ४ का लेखनाथ पौडेलको गोठ पहिरोले पुरेर क्षती पु¥याएको छ । मानवीय र पशुचौपायमा क्षती नभएपनि पहिरोले करिव १ लाख ५० हजार बराबरको क्षती पु¥याएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गौर हत्याकाण्डविरुद्ध १७ वर्षपछि सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश
बैशाख १२, २०८१ बुधबार
छोरीको फिल्म 'किंग'मा शाहरुख खान डनको भुमिकामा देखिने
बैशाख १२, २०८१ बुधबार
१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार