विरगंजमा सैलुन र सौन्दर्यकर्मीहरुद्धारा विरोध प्रदर्शन
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार २१:७:४
१४ असार, विरगंज । विरगंज महानगरपालिका भित्र रहेका ५ सय भन्दा बढि कपाल काट्ने सैलुन र सौन्दर्य कर्मीहरु द्धारा विरोध प्रदर्शन गरीएको छ । लकडाउनको यो चौथो महिना भई सक्दा पनि सैलुन व्यवसायीहरुलाई सैलुन खोल्ने र साैन्दर्यकर्मीहरुलाई ब्युटिपार्लर खोल्न नपाएकोमा नेपाल सरकारको ध्यान केन्द्रित गर्नुको लागि एक घण्टा सडक जाम गरीएको छ । विरगंज को घण्टाघर स्थीत शान्ति पूर्वक नेपाल नाई संघले विरोध गरेकोमा केहि संघ संस्थाहरुको समर्थण समेत देखिएको थियो ।
नेपाल नाई संघका जिल्ला अध्यक्ष निसार अहमदको अध्यक्षतामा भएको विरोध कार्यक्रममा नाई संघमा आबद्ध व्यवसायीहरुको सहभागीता रहेको थियो । कोरोना भाइरसको सन्त्रासले गर्दा सैलुन जस्ता व्यवसायीहरु खोल्न हाल सम्म प्रतिबन्ध लगाईएको छ । सैलुन खोल्नको लागि स्वाब परिक्षण र पीसीआर टेस्ट समेत गराउन व्यवसायीहरुको माँग रहेको छ । व्यवसायीहरु लाई घरबाल र पसलको पैसा दिनु धाउधाउ पर्नुका साथै आर्थीक समस्या निक्कै बढ्दै गएको नेपाल नाई संंघका युवा नेता धिरेन्द्र ठाकुरको भनाई रहेको छ ।
बिरगंज तराई अस्पतालमा महिला बिरामीसँग दुर्यव्यवहार र अनाहक पैसा लिएको पिडित पिंकी यादवले सञ्चार कर्मीहरुलाई बताएकी छिन । विरगंज नारायणि यातायात नजिक रहेका तराई अस्पतालले आफनो सम्पूर्ण हद नाँगेर केवल पैसा कमाउने सुरतालमा रहेको पिडित यादवले आरोप लगाएकी छिन् । जेठ १७ गते पेट दुखेर भर्ना भएकी यादवलाई विभिन्न उपचार प्रक्रीयाहरु लाई अग्रसर बनाई पैसा कुमल्याउने बहानामा विरामी यादवको अभिभावकसँग उपचार नगरीकन उपचारको नाममा ३० हजार रुपैयाँ ठगी गरेको पिडित यादवको आरोप रहेको छ ।
तराई अस्पतालमा भर्ना भएपछि त्यहाँ ड्युटीमा रहेका डा.रोशन कुर्मी, डा.गोरखनाथ मिश्रा र डा.अजय गुप्ताले महिला विरामीको खेलवाड गर्दै उपचार गरीएको थियो । साधारण पेटको विरामी भएर गएका पिंकी यादवलाई उपचारको क्रममा चिकित्सकहरु ले अभिभावकलाई नभनी विरामीलाई उसकै पिडा उसलाई नै सुनाउँदै चिकित्सकहरु ले विरामीहरु को मानसिक संतुलन समेत बिगाडेको पिडीत यादवका अभिभावकले आरोप लगाउँदै सञ्चारकर्मीहरु समक्ष आफनो पिडा पोखेका छन् ।
जेष्ठ १७ गते भर्ना भएकी यादवलाई अनावश्यक उपचार गर्ने क्रममा चिकित्सक गोरखनाथ मिश्रा अजय गुप्ता लगायतकाले विरामी पिंकी यादवलाई “तिम्रो पितको थैली फटी सक्यो” जस्ता कुराहरु सुनाउने गरिन्थ्यो र केहि बेरमा अउने चिकित्सकहरुले अविवाहिक यादवलाई बच्चा दानीको समस्या पनी भएको र तिमी नबाच्ने अवस्थामा रहेको छौ भन्ने चिकित्सकहरुले बारम्बार मानसिक संतुलन विगार्न प्रयास गरेको पिडित यादवले सञ्चारकर्मीहरुलाई जनाईकी छिन् ।
यस्ता चिकित्सकहरुलाई कानुनको दायरामा ल्याई कारवाहि प्रक्रीयाहरु अगाडी बढाउने पर्ने माँग उनले गरेकी छिन् । “तराई अस्पतालमा हुने जेल सम्म विहान सेतो खाले एउटा ट्याब्लेट दिई दिन भरी लठ्ठ पारी निन्द्रासमा म रहने गरिन्थे र बेलुकी ४–५ बजे निन्द्रा खुल्दा पुनः ट्याब्लेटहरु ख्वाई लठ्ठ पार्न गरीन्थ्यो”, भन्ने विरामीको आरोप रहेको छ । पिंकी यादव पिडित भएपछि रोगको टुँगो नलाग्दा रेफर गराई प्रभु अस्पतालमा गई आफनो उपचार प्रक्रीयाहरु अगाडी बढाउँदा साधारण रोग मात्रै भएको प्रभु अस्पताल ले प्रमानीत गरेपछि दुई तिन दिन भित्र नै आफनो घर फर्केकी पिडित यादवले बताइन् ।
तराई अस्पतालबाट रेफर गराउँदा २५ देखी ३० हजार रुपैया उपचारको नाममा ठगीएको समेत विरामीका अभिभावकले आरोप लगाएका छन् । साथै यस्ता चिकित्सकहरुलाई सम्बन्धित निकायले कारवाहि गर्नुको साथै न्याय पाओस् भन्ने विषयमा पिडित यादवले दुखेसो पोखेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचित्रकलामा भविष्य खोजिरहेकी निर्मला
बैशाख १३, २०८१ बिहिबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
गाजाको समर्थनमा लेखकहरुले नाम फिर्ता लिएपछि पेन अमेरिका साहित्यिक अवार्ड समारोह स्थगित
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर
बैशाख १३, २०८१ बिहिबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार