लगातार वर्षाले जनकपुर जलमग्न, नगरका सडकमा आवागमन प्रभावित
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार २२:५१:२९
१४ असार, धनुषा । शनिबार राति परेको वार्षाले जनकपुर जलमग्न भएको छ । सरोकारवाला निकायले पानीको उचित निकास गर्न नसक्दा यहाँको अधिकांश क्षेत्र जलमग्न भएको हो । जनकपुरका भानु, विद्यापति, विश्वकर्मा, कदमचोक, मिल्स एरिया, प्रादेशिक अस्पताल सडक,अस्पताल परिसरका सडक जलाशयमा परिणत भएका छन् । नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनसमेत प्रभावित भएको छ ।
एकीकृत सहरी विकास परियोजनाको ऋण सहयोगमा करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको जनकपुर अञ्चल अस्पतालको नवनिर्मित भवनको आकस्मिक कक्षमा समेत पानी पसेको छ । एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाअन्तर्गत नगरका सडकहरू बनाइए पनि ढल व्यवस्थापन नभएका कारण पानीको बहाव रोकिएर घरघरमा पानी पसेको छ ।
वर्षाको पानीले यातायात, वनलगायत कार्यालयको परिसरमा पानी जमेको छ भने जनकपुर–ढल्केवर निर्माणाधीन अवस्था रहेको ६ लेन सडकले गर्दा सडक हिलाम्य भएर यातायात सञ्चालनमा समेत कठिनाइ भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार