वाणिज्य बैंक मध्ये सबैभन्दा कमजोर लक्ष्मी बैंक: खराब कर्जा बढ्याे, मुनाफा ४१ कराेड ऋणात्मक
आर्थिक संवाददाता
असार १५, २०७७ सोमबार २०:३७:४३
१५ असार, काठमाडौं । आर्थिक वर्ष ०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार ६ वटा बैंकको वितरण योग्य मुनाफा ऋणात्मक भएको मध्ये लक्ष्मी बैंकले वितरणयोग्य मुनाफा सर्वाधिक ऋणात्मक भएको बैंकको रुपमा आफुलाई सुचीकृत गरेको छ ।
त्यसमा पनि सबैभन्दा धेरै वितरणयोग्य मुनाफा ऋणात्मक हुने बैंकमा लक्ष्मी बैंक एक नम्बरमा आउँछ । बैंकको वितरणयोग्य मुनाफा ४१ करोड माथि ऋणात्मक छ । लक्ष्मी बैंकपछि सिभिल बैंकको १९ करोड माथि, सनराईज बैंकको १७ करोड माथि, सिद्धार्थ बैंकको १५ करोड माथि, बैंक अफ काठमान्डूको ९ करोड माथि र नेपाल बैंकको ६ करोड माथि छ । अन्य सम्पूर्ण बैंकको वितरणयोग्य मुनाफा सकारात्मक छ ।
नयाँ लेखा व्यवस्था अनुसार बैंकहरुले अहिले व्याज नउठेपनि निकट भविष्यमा व्याज उठ्छ भनी आफ्नो नाफामा देखाउने गर्छन । यसरी उठ्दै नउठेको व्याजलाई आम्दानीमा गणना गर्न पाएपनि बैंकले सो आम्दानीलाई वितरणयोग्य मुनाफामा देखाउन पाउँदैनन् । कम्पनीले १ अर्ब माथि खुद मुनाफा देखाएपनि चैत्र महिनासम्म व्याज नउठेको कारणले गर्दा १ अर्ब २० करोड रकम रेगुलेटरी रिजर्वमा व्यवस्थापन गर्नु परेको थियो । जसले गर्दा बैंकको वितरण गर्न मिल्ने रकम नै ४१ करोड ऋणात्मक छ।
सन् २००२ मा १६ औं वाणिज्य बैंकको रुपमा स्थापित बैंक भएरपनि लक्ष्मी बैंकको केही समय यता अन्य बैंकको तुलनामा खासै आक्रामक व्यापार हुन सकेको छैन् । मारवाडी खासगरि खेतान समुहकाे बैंकका रूपमा परिचित लक्ष्मी बैंकलाई एभरेष्ट बैंकमा मिसाउने हल्लाले बेला बेलामा लक्ष्मी बैंकको शेयर मूल्यलाई कृतिम रुपमा खेलाएको देखिन्छ । यस्तो प्रवृत्तिले केही थोरै व्यक्तिले लाभ लिएपनि अन्त्यमा धेरै लगानीकर्तालाई फसाइदै आएको छ । साधारण शेयरधनीको समुहले लक्ष्मी बैंकलाई एभरेष्ट बैंकमा मर्ज गराउँदा खुशी भए पनि बैंकका ठूला संस्थापक शेयरधनीको समूहले न बैंकलाई आक्रामक रुपमा अघि बढाउँन सक्ने न बैंकलाई एभरेष्ट बैंकमा मर्जर गराउन कुनै ठूलो त्याग गर्न नै सके।
खेतान समुहको बैंकको रुपमा चिनिएको लक्ष्मी बैंक लिमिटेडको संचालक समितिमा दिनेश पौडेल, रमण नेपाल, स्वाती रुङ्गटा, विश्वकरण जैन छन् । बैंकमा हाल संचालक अध्यक्ष रिक्त रहेकाे देखिन्छ । त्यस्तै बैंक उच्च व्यवस्थापनमा अजयविक्रम शाह प्रमुख कार्यकारी अधिकृत छन् भने सुमिद भट्टराई नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन्।
बैंकमा शुन्य दशमलव ५ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व भएका १६ शेयरधनी रहेका छन् । जसमध्य लक्ष्मी कार्प नेपालको नाममा १ करोड २५ लाख कित्ता शेयर रहेको छ भने स्नेहा खेतानको नाममा लक्ष्मी बैंकको ९५ लाख ७० हजार कित्ता शेयर रहेको छ भने तेश्रोमा नागरिक लगानी कोषको ७७ लाख ४४ हजार कित्ता शेयर रहेको छ।
कम्पनीको आर्थिक वर्ष ०७६/७७ को तेश्रो त्रैमास र आर्थिक वर्ष ०७५/७६ को तेश्रो त्रैमासलाई दाँजेर हेर्दा :
खुद ब्याज आम्दानीमा १९ प्रतिशतको वृद्धि :
बैंकको प्रमुख आम्दानीको श्रोतकाे रूपमा रहेको खुद ब्याज आम्दानी सामान्य रूपमा बढेको छ । बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा २ अर्ब ६१ करोड खुद व्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीले २ अर्ब १९ करोड खुद व्याज आम्दानी गरेको थियो । यसरी खुद व्याज आम्दानी १९ प्रतिशतले मात्र बढेको छ ।
खुद मुनाफामा सामान्य वृद्धि:
संचालन मुनाफा ३ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको खुद मुनाफा पनि ६ प्रतिशतको वृद्धि देखिएको छ। गत आर्थिक वर्षको तेश्रो त्रैमासमा १ अर्ब २ करोड खुद मुनाफा गरेको कम्पनीले अहिले भने १ अर्ब ८ करोड खुद मुनाफा गरेको छ । कर्मचारी खर्च २४ प्रतिशतले वृद्धि हुँदै ८६ करोड ८२ लाख पुगेको छ ।
वितरणयोग्य मुनाफा:
कम्पनीको तेश्रो त्रैमाससम्म वितरणयोग्य मुनाफा ४१ करोड ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य मुनाफा ७० करोड ५५ लाख माथि थियो । यसरी वितरण योग्य मुनाफामा निकै ठुलो गिरावट आएको छ । यस वर्ष वार्षिक गरिएको वितरण योग्य मुनाफालाई शेयर संख्याले भाग गर्दा -५ दशमलव ६० हुन आउँछ ।
जगेडा कोष बढ्यो, संचित मुनाफा दुवै घट्दै :
कम्पनीको जगेडा कोषमा ६ प्रतिशतको वृद्धि देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब २७ करोड रहेको जगेडा कोष अहिले २ अर्ब ४० करोड पुगेको छ । तर संचित मुनाफा भने १७ प्रतिशतले घट्दै १ अर्ब २० करोड पुगेको छ । शेयर प्रीमियम शिर्षकमा भने कुनै रकम छैन ।
Note: Loan Data Includes Customers Only
निक्षेप र कर्जा प्रवाहमा राम्रो वृद्धि :
बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमास र अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासलाई आधार मान्दा बैंकको निक्षेप संकलन २१ प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह २२ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ९७ अर्ब ३६ करोड निक्षेप संकलन गरी ९० अर्ब ९८ करोड कर्जा प्रवाह गरेको छ ।
प्रतिशेयर आम्दानी १४ रुपैयाँ :
वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७७ पैसा छ ।
मुल्य आम्दानी अनुपात १३ गुणा:
कम्पनीको अन्तिम बजार मूल्य १९४ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १३ गुणा आउँछ ।
खराब कर्जा बढ्यो :
खराब कर्जा वृद्धि भएर १ दशमलव ७८ प्रतिशत पुगेको छ । खराब कर्जा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा १ दशमलव २० प्रतिशत रहेको थियो।
निस्कर्ष:
रेगुलेटरी रिजर्वमा निकै ठुलो रकम व्यवस्थापन गर्नु पर्दा बैंकको वितरण योग्य मुनाफा खाली भएको छ। पुरानाे लेखा प्रणाली अनुसार यसरी वितरण योग्य मुनाफा ऋणात्मक हुनुलाई बैंक नोक्सानीमा गएको भन्न सकिन्छ । कर्मचारी खर्चमा वृद्धि गरे पनि त्यो अनुरुप बैंकले आफ्नो व्यापार विस्तार गर्न सकेको छैन । खराब कर्जा वृद्धि भएको छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार