बाजुराका एक हजार घरका छाना फेरिने
नेपालबहस संवाददाता
असार १५, २०७७ सोमबार १९:२१:२९
१५ असार, बाजुरा । जनता आवास कार्यक्रमअन्तर्गत जिल्लाका करीब एक हजार घरका छाना फेरिने भएका छन् । खर र फुसले छाएका नौ वटै स्थानीय तहका एक हजार १२ परिवारका लागि पहिलो चरणमा छाना छाउन बजेट विनियोजन गरिएको छ । तीन वर्षभित्र देशभरका सबै खर र फुसका छाना विस्थापन गर्ने नीतिअनुसार बाजुरामा आगामी आर्थिक वर्षका लागि हजारभन्दा बढी घर परेका छन् ।
स्थानीय तहको सिफारिसका आधारमा छनोटमा परेका प्रतिघरलाई रु ५० हजारका दरले बजेट परेको प्रतिनिधिसभा सदस्य लालबहादुर थापाका स्वकीय सचिव सुरेश रोकायाले जानकारी दिए । टिनका छाना छाउन अनुदानस्वरुप सबै खर र फुसका छाना हटाउने नीतिअनुसार पहिलो चरणमा जिल्लाका एक हजारभन्दा बढी परिवारका लागि बजेट व्यवस्था गरिएको रोकायाको भनाइ छ । तराई र मधेशका केही जिल्लामा अघिल्लो वर्ष नै कार्यक्रम सञ्चालन भइसकेको छ ।
पहिलो वर्ष बाजुराका त्रिवेणी नगरपालिकामा ५८, बूढीनन्दा नगरपालिका १३४, गौमूल गाउँपालिकामा १६६, बडिमालिका नगरपालिकामा ८८, बूढीगङ्गा नगरपालिकामा ९९ र स्वामिकार्तिक खापर गाउँपालिकामा ११० घरधुरीले अनुदान पाउने छन् । यस्तै खप्तड छेडेदह गाउँपालिकामा १३१, जगन्नाथ गाउँपालिकामा १४१ र हिमाली गाउँपालिकामा ८५ घरधुरी समेटिएका छन् ।
अनुदानसहित कर्कटपाता खरीद गरेर घर छाउन बजेट व्यवस्था गरिएको छ । यसअघि बाजुराजस्तो दुर्गम पहाडी जिल्लालाई समावेश नगरी कार्यक्रम ल्याइएकामा प्रतिनिधिसभा सदस्य लालबहादुर थापासहित सुदूरपश्चिम र हिमाली जिल्लाका सांसदले विरोध गरेका थिए ।
विरोधलगत्तै सरकारले सबै जिल्ला समेट्ने र तीन वर्षभित्र खर र फुसका छानामुक्त नेपाल बनाउने नीति लिएको छ । बाजुरामा धेरै घर अहिले पनि खर र माटाले छाएका छन् । ती सबैलाई खरमुक्त बनाउने गरी प्रयास जारी रहेको सांसद थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार
खानेपानीको ट्याङ्की निर्माण
बैशाख १३, २०८१ बिहिबार
जल उद्वारसम्बन्धी कृतिम अभ्यास
बैशाख १३, २०८१ बिहिबार