यस बर्ष धान उत्पादन बढ्ने विज्ञहरुको दाबी
नेपालबहस संवाददाता
असार १५, २०७७ सोमबार १९:२३:३७
१५ असार, पोखरा । धान विज्ञले यस वर्ष कास्कीमा धान उत्पादन वृद्धि हुने अनुमान गरेका छन् । अनुकूल मौसमका कारण अघिल्ला वर्षभन्दा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले बताए ।
“यस वर्र्ष कास्कीमा धान राम्रो उत्पादन हुने सङ्केत देखिएको छ, क्षेत्रफलको हिसाबले पनि यस वर्ष उत्पादन वृद्धि हुन्छ ।” उनका अनुसार गत वर्ष कास्कीमा २५ हजार ६ सय हेक्टरमा धान खेती भएको र ९५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष अन्य कुनै समस्या धान उत्पादनमा देखिएन भने क्षेत्रफलका हिसाबले एक लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने अनुमान गरिएको छ ।
कास्कीमा मुख्य जेठोबूढो, रामधान, खुमल ४, खुमल ११, सावित्री, स्थानीय मन्सुलीलगायत मुख्य प्रजातिको धान लगाइन्छ । जेठोबूढो भने ४० प्रतिशत लगाइन्छ । सयभन्दा बढी उपप्रजातिका धान कास्कीमा लगाइने गरेको उनको भनाइ छ ।
अहिले कृषि क्षेत्रमा चुनौती देखिएको सलहका बारेमा उनले भने, “नेपाल आएको सलहको युनिटले त्यति नोक्सान गर्ने देखिँदैन, यो ‘डाइभर्ट’ भइसक्यो, पाँचदेखि सात लाखसम्म सलह आएको अनुमान छ । यो युनिटको सलहले अण्डा पारेर बच्चा निकाल्ने सम्भावना न्यून हुन जान्छ, त्यसैले पनि यसको ठूलो क्षति ब्योहोर्नु नपर्ला ।”
कास्कीको धानबाली अनुसन्धाता भानु पराजुलीका अनुसार कास्कीमा सन् १५०० देखि धान खेती हुँदै आएको छ । समुद्रफीँज नामक जात कास्कीमा सबैभन्दा पहिले लगाइएको धान हो । त्यसैगरी नेपालमा खेती गरिने धान एक औराइजा साटिभा एकवर्षीय बिरुवा हो । कास्कीमा दुई हजार ३५० मिटरको उचाइ छोमरुङमा पनि धान खेती हुन्छ । पराजुलीले प्राचीन धर्म ग्रन्थ ऋग्वेदमा समेत शाली धान्या, व्रीही धान्या, शुक धान्या, शिम्वी धान्या र क्षुद्र धान्यामा बाँडेर उल्लेख गरिएको बताए ।
लेखनाथको वेगनासमा मात्र ७४ उपप्रजातिको धान कृषकले लगाउने गरेका छन् । पराजुलीले यस वर्ष अन्य कुनै प्रकोप नभए धान उत्पादन राम्रै हुने बताए । “अहिले मौसम राम्रो छ, कोरोनाका कारण धेरैले कृषि कर्ममा ध्यान दिएका छन् । सलह सानो युनिटमा भएकाले ठूलो असर गर्ने देखिँदैन, उत्पादन हुने बेलामा कुनै त्यस्तो समस्या देखिएन भने राम्रो हुन्छ ।”
पोखरा –२३ ठूलाखेतका कृषक कलाधर भण्डारी आठ रोपनी जग्गामा जेठोबूढो धान रोप्दै आएको र बेलाबेला समस्या देखिँदै आएको बताउँछन । “मैले लामो समयदेखि जेठोबूढो धान रोप्दै र यसको बीउ वितरण गर्दै आएको छु, कहिलेकाहीँ धान फुल्ने, कीराले खाने र आधा बाला झुल्ने गर्छ, कहिले भने निकै राम्रो फल्ने गरेको छ ।”
उनले ठूलाखेत कृषि समूहमार्फत २० ÷२५ रोपनीमा जेठोबूढो धानको उत्पादन गरेर बिक्रीवितरण हुँदै आएको जानकारी दिए । उनका अनुसार प्रति केजी धानको बीउ रु १७० मा बिक्री हुँदै आएको छ ।
पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखरा महानगरमा ११ हजार दुई सय हेक्टर जमीमा धान रोपिने र करीब ४० प्रतिशत पोखरेली जेठोबूढो रोपिने गरेको जानकारी दिए । मगमग बास्ना आउने जेठोबूढोे धान पछिल्लो समय उत्पादन घट्दै गएको उनको भनाइ छ । “जेठोबूढो कम फल्ने, बास्ना पनि कम आउन थालेपछि कृषकहरु बढी उत्पादन हुने धानतर्फ आकर्षित हुँदै गएका छन् ।” उनले भने।
उनले महानगरले पोखरेली धान जोगाउन र उत्पादन वृद्धि गर्न अध्ययनअनुसन्धानपछि कृषकलाई अनुदान दिइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार