मुक्तिनाथ विकास बैंकद्धारा देशभरका विभिन्न संघसंस्थालाई सहयोग प्रदान
नेपालबहस संवाददाता
असार १५, २०७७ सोमबार १९:३५:२५
१५ असार, काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशको विभिन्न स्थानहरुका संघसंस्थाहरुलाई सहयोग गरेको छ । बैंकको शाखा कार्यालय जनकपुरले चिकित्सक संघ, जनकपुरलाई स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामग्री खरिद गर्नका लागि ५० हजार आर्थिक सहयोग गरेको छ । स्वास्थ्यकर्मीहरु कोरोना भाइरस संक्रमितहरुसँग प्रत्यक्ष सम्पर्कमा रहँदा कोरोना भाइरस संक्रमणको उच्च जोखिम हुने भएकोले स्वास्थ्य सामग्री खरिद गर्न उक्त रकम हस्तान्तरण गरेको हो ।
यसका साथै, शाखा कार्यालय बुटवलले, सियारी गाँउपालिका वडा नं ६, बर्दहवा बुटवलमा रहेको श्री दुर्गा देवी आधारभूत विद्यालयमा अध्यनरत जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीहरुलाई ५० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । त्यसैगरी, शाखा कार्यालय रामापुर कोलोनीले, मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई टोल सफा राख्नका लागि डस्टवीन हस्तान्तरण गरेको छ ।
साथै, क्षेत्रीय कार्यालय पोखराले जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन निर्माण समिति, कास्कीलाई भवन निर्माणका लागि २५ हजार बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले जिल्ला ट्राफिक प्रहरीको आफ्नै भवन निर्माण गर्नका लागि सहयोग गरेको हो ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरुमार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटीएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ९, २०८१ आइतबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार