सलह नियन्त्रणलाई गण्डकीमा ‘¥यापिड रेस्पोन्स’ टोली
नेपालबहस संवाददाता
असार १५, २०७७ सोमबार २१:५३:४०
१५ असार, कास्की । गण्डकी प्रदेशमा सलह कीराले कृषिबालीमा पु¥याउन सक्ने सम्भावित क्षति न्यूनीकरण तथा आवश्यक सहजीकरणका लागि गण्डकी प्रदेश सरकारले द्रुत प्रतिकार्य समूह ‘¥यापिड रेस्पोन्स टोली’ गठन गरिएको छ ।
छिमेकी प्रदेश तथा तराईका जिल्लामा सलह देखिएको तथा हावाको बहावसँगै प्रदेशमासमेत देखिनसक्ने सम्भावना बढेकाले नियन्त्रणका लागि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वरिष्ठ बाली संरक्षण अधिकृत विनोद हमालको संयोजकत्वमा छ सदस्सीय टोली गठन गरेको हो । टोलीमा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारी, बागबानी विकास अधिकृत अर्जुनदेव ज्ञवाली, बाली संरक्षण अधिकृत मीरा चौधरी र सञ्जीव बाँस्तोला तथा कृषिप्रसार अधिकृत विश्वास काफ्ले सदस्य रहेका छन् ।
मन्त्रालयले सलहबारे केही बुझ्नु परेमा, शङ्का लागेमा वा थप जानकारी आवश्यक परेमा किसानलाई टोलीका सदस्यसँग सम्पर्क गर्न आग्रह गरेको छ । सलह आउँदै गरेको पाइएमा चर्को ध्वनी, धुवाँ आदिको प्रयोग गरी बस्न नदिई झुण्डलाई अन्यत्र मोडिदिन तथा नर्सरी र करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा जालीले छोपेर बाली जोगाउन कृषकमा आग्रह गरेको छ ।
त्यसैगरी ठूलो झुण्डमा देखिने भएकाले थोरै सङ्ख्यामा सलह जस्तै देखिने फट्याङ्गा देख्दैमा भ्रमित र आतङ्कित नभई सजग हुन र विषादी प्रयोग गर्नुपरेको खण्डमा सुरक्षित पहिरनको प्रयोग गर्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ । टोलीका सदस्य ज्ञवालीले प्रदेशका केही जिल्लामा सलह जस्तै फट्याङ्ग्रा देखिए पनि हालसम्म सलहनै हो भनेर पुष्टि नभएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार