राहुघाटका ३० घर पहिरोको उच्च जोखिममा
नेपालबहस संवाददाता
असार १६, २०७७ मंगलबार १४:२:२
१६ असार, म्याग्दी । दिनहुँजसो परिरहेको बर्सातसँगै पाखोबाट पहिरो खस्न थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटको बस्ती खतरामा परेको छ । राहुघाट सल्लेरी वनको पाखोबाट पहिरो खस्न थालेपछि जोखिममा परेको हो । सोमबार दिउँसोदेखि पहिरो खस्न थालेपछि राहुघाटका बासिन्दाले सामान सुरक्षित स्थानमा सार्न थालेको स्थानीयवासी लक्ष्मण चालिसेले बताए ।
उनका अनुसार पाखोबाट खसेको पहिरो सिधै बस्तीमा पुग्ने भएकाले ज्यान जोगाउन तीन घरले सामान सारिसकेका र अरु पनि सर्ने तयारीमा छन् । राहुघाटमा करिब ३० घरपरिवारका १०० जनाको बसोबास छ । स्थानीयवासीका अनुसार करिब ६० मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको पाखोले ठाउँ छाडेर पाँच मिटर तल खसेको छ । सडक विस्तारका क्रममा डोजरले खनेको ठाउँमा टेवा पर्खाल नलगाएका कारण पाखो खसेर पहिरो जान लागेको राहुघाटका तमबहादुर छन्त्यालले बताए। पहिरो खसेको ठाउँभन्दा माथि दुई मूल फुटेर पानी बगिरहेको छ ।
कमजोर भू–धरातल भएको पाखोमा डोजर चालकले आफ्नै ढङ्गले खनेको सडक भूगोल नबुझिकन अहिले विस्तार गर्दा पहिरोको जोखिम बढेको छन्त्यालले बताए । पूर्वाधार विकास कार्यालय म्याग्दीले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत गत वर्षदेखि राहुघाटबाट पिप्ले–भगवती–बेगखोला जोड्ने सडक स्तरोन्नति शुरु गरेको थियो ।
सोही सडक भत्किएर गएको पहिरोले राहुघाटस्थित भरत मल्ल र बमबहादुर पुनलगायतको खेतबारी पुरिएको छ । मल्लको करिब १०० बाख्रा र ८०० कुखुरा भएको कृषिफार्म पहिरोको जोखिममा परेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, जिसस प्रमुख देवेन्द्र केसीसहित सुरक्षा अधिकारीको टोलीले पहिरोको स्थलगत निरीक्षण गरेका थिए ।
स्थानीयवासीलाई घरका महत्वपूर्ण सामान सुरक्षित ठाउँमा सार्न र रातको समयमा त्यहाँ नबस्न आग्रह गरिएको छ । “महत्वपूर्ण सामग्री, कागजात र गरगहना झोलामा ‘स्ट्यान्डबाई’ राखेर जुनसुकै बेला भाग्न सक्ने अवस्थामा रहन आग्रह गरेका छौँ”, प्रजिअ ढकालले भने, “प्रहरीमार्फत सतर्कता अपनाउन सूचित गरेका छौँ ।”
पहिरोको जोखिममा रहेकालाई रातको समयमा राहुघाट पारी गलेश्वरको धर्मशालामा बस्ने व्यवस्था मिलाइएको छ । पहिरोका कारण बेनी–जोमसोम र राहुघाट–पिप्ले–भगवती–बेग सडक जोखिममा परेको छ । राहुघाट हुँदै पिप्ले र गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक अवरुद्ध भएको छ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जीनियर ओमराज ढुङ्गानाले सडक विस्तारका क्रममा सावधानी अपनाइएको भन्दै सडकका कारणले मात्र पहिरो नगएको तर्क गरे । नजिकै निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको सुरुङ खन्दा हुने विस्फोटको कम्पन र सुरुङबाट निस्कने पानी सडकमा फालिएका कारण पहिरोको जोखिम बढेको उनले बताए । कार्यालयका प्राविधिकहरुको टोलीले समेत पहिरोको निरीक्षण गरेको थियो । थप क्षति हुन नदिन सडकबाट बगिरहेको भललाई व्यवस्थापन गरिएको ढुङ्गानाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ कतारका अमिर थानीको नेपाल भ्रमणको तालिका
बैशाख ११, २०८१ मंगलबार
बालाजु बाइसधारा मेला आजदेखि सुरु, भक्तजनको घुईँचो
बैशाख ११, २०८१ मंगलबार
शुक्लाफाँटामा बढ्यो बाघको संख्या
बैशाख ११, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
विमानस्थलबाट सिधै शितल निवास पुगे कतारी राजा
बैशाख ११, २०८१ मंगलबार
सिलाइ मास्टर जीवनका चट्ट परेका कोट
बैशाख ११, २०८१ मंगलबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
‘सेन्झाउ–१८’ चालक दल अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार