जैमिनीका किसानलाई छैन बाँदरको चिन्ता
नेपालबहस संवाददाता
असार १६, २०७७ मंगलबार १५:१४:४९
१६ असार, गलकोट । बाँदरका कारण वर्षौदेखि चिन्तित रहेका बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका किसानलाई राहत मिलेको छ । वर्ष दिन खाने अन्नपात बाँदरले क्षणभरमै नष्ट गर्ने भएपछि बाँदर हेरेरै दिन कटाउने किसान अहिले ढुक्क भएर घरमै बस्न थालेका छन् । अहिले किसानलाई बाँदर आतङ्कको चिन्ताले सताउन छाडेको छ ।
नगरपालिकाले नेपालमा हालै विकास भएको बाँदर धपाउने यन्त्र वितरण गर्न थालेपछि किसान खुशी भएका छन् । बाँदर नियन्त्रणका लागि किसानको तीव्र गुनासो र मागपछि नगरपालिकाले बाँदर धपाउने यन्त्र खरिद गरेर किसानलाई वितरण गरिसकेको नगरपालिकाले जनाएको छ ।
बाँदरको आतङ्कबाट पीडित बनेका नगरपालिका–१, ४ र ५ वडाका किसानलाई एक-एक थान बाँदर धपाउने यन्त्र वितरण गरिएको नगरपालिकाका उपप्रमुख लीला रानाले जानकारी दिए । “किसानले वर्षौदेखि गर्दै आएको गुनासोपछि हामीले बाँदर धपाउने नयाँ विकल्प आत्मसात गरेका छाैँ”, रानाले भने, “परीक्षण सफल भएको भन्ने जानकारी आएको छ, यो सफल र प्रभावकारी भएपछि नगरका सबै वडामा बाँदर धपाउने यन्त्र वितरण गरिनेछ ।” बाँदर धपाउने औजार आएपछि किसानलाई धेरै राहतको महसुस भएको नगरपालिका–४ का कृषक मेघराज ढकालले बताए । बाँदर नियन्त्रणका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन गरेको थियो ।
बाँदरले बाली नष्ट गर्न थालेपछि दिनभर खेतबारीमा बाली कुरेर बस्नुपर्ने समस्या आएपछि किसानले नगरपालिकालाई पटक–पटक बाँदर नियन्त्रणका लागि सहयोग गर्न आग्रह गर्दै आएका थिए । दुःख गरेर लगाएको धान, मकै, गहुँ, जौँ र फापरजस्ता बाली बाँदरले नष्ट गरेको भन्दै स्थानीयको तीव्र गुनासोपछि नगरपालिकाले बाँदर नियन्त्रणका विकल्पको खोजी शुरु गरेको थियो ।
यही असार ९ गते केही वडाका किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको र अन्य वडाका किसानलाई समेत बाँदर धपाउने यन्त्र खरिद गर्न अनुमति दिएको नगरप्रमुख इन्द्रराज पौडेलले जानकारी दिए । पहिलो चरणमा नगरपालिकाले स्याङ्जाबाट पाँच थान बाँदर धपाउने यन्त्र ल्याएर वितरण थालेको र किसानलाई सहज भएमा प्रत्येक वडामा १०-१० थानका दरले वितरण गर्ने नगरपालिकाको योजना छ । स्याङ्जाको भिरकोट नगरपालिका–७ का भविश्वर कोइरालाले लकडाउन अवधिभित्रै बाँदर धपाउने यन्त्र बनाएर सफल परीक्षणपछि बिक्री वितरण भइरहेको छ । उहाँको आविष्कारले यतिबेला किसानलाई राहत मिलेको छ ।
उनले बनाएको उपकरण रु दुई हजारदेखि तीन हजार ५०० सम्ममा किन्न पाइन्छ । ठूलो आवाज निस्कने उक्त यन्त्रमा युपीभिसी पाइप र कार्बाइडको प्रयोगबाट बनाइएको यन्त्र एक पटक पड्काएपछि बाँदरनै सो क्षेत्रबाट बसाइँ सर्ने आविष्कारकर्ताको दाबी छ ।
कार्बाइडमा पानी घोलेर यन्त्रमा हालेर पुच्छरमा आगो लगाएपछि ठूलो आवाजमा पड्किन्छ । त्यसको आवाज सुनेपछि बाँदर भाग्ने गरेका छन् । यसबाट कुनै बारुद, छर्रा वा गोली ननिस्कने भएकाले कुनै हानी नगर्ने प्रयोगकर्ता बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार