बन्दाबन्दीमै पोखरामा ४०० घरधनीले दिए घरभाडा छुट
Advertisement

१६ असार, बनेपा । भूकम्प गएको पाँच वर्षमा काभ्रेपलाञ्चोक जिल्लामा ६२ प्रतिशत घरहरु भूकम्प प्रतिरोधी बनेको जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकले जनाएको छ ।

सो क्रममा जिल्लाको ७७ हजारभन्दा बढी परिवार बैंकिङ प्रणालीमा आबद्ध भइसकेको र चार हजारभन्दा माथि दक्ष सिकर्मी÷डकर्मीलाई तालिम प्रदान गरेर भूकम्प प्रतिरोधी घर निर्माणको काममा लाग्न सक्षम बनाइएको जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकका प्रमुख शिवप्रसाद लम्सालले बताए।

यसबाट भविष्यमा हुने यस्तै प्राकृतिक प्रकोपको सामना गर्नका लागि बलियो आधार तयार भएको उनको भनाइ छ । अहिलेसम्म आइपुग्दा पुनःनिर्माणका लागि स्वदेशमा नै रहेका विविध क्षेत्रका दक्ष जनशक्तिहरुको व्यापक परिचालन गर्न सफल भएको उनले बताए । काभ्रेपलाञ्चोकमा भूकम्प लाभग्राहीको सङ्ख्या ८४ हजार ५७० रहेकामा ९१ प्रतिशत ‘७७ हजार २०५’ लाभग्राहीले पहिलो किस्ता लिएका छन् । त्यस्तै ७३ प्रतिशत ‘९६२ हजार १८८’ लाभग्राहीले दोस्रो किस्ता र ५२ प्रतिशत ‘५२ हजार ७०५’ लाभग्राहीले तेस्रो किस्ता लिएका छन् ।

Advertisement

पुनःनिर्माणको अवस्था शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी प्रगति भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले जनाएको छ । अहिले पनि पहिलो किस्ता नलिने, पहिलो किस्ता लिएर दोस्रो किस्ता नलिने र दोस्रो किस्ता लिएर लामो समयसम्म तेस्रो किस्ता नलिने लाभग्राही धेरै रहेका कार्यालयले जनाएको छ । समयमै भूकम्प प्रतिरोधी घर निर्माण गर्न नसक्नुमा क्षतिग्रस्त भनिएका घरहरु लाभग्राहीले नभत्काइदिनाले सुरक्षित बस्ती निर्माण हुन नसकेको र सुव्यवस्थित पनि नदेखिएको आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

त्यसरी पुनःनिर्माण सम्पन्न भए पनि समस्याहरु रहेको आयोजना कार्यान्वनय एकाइ प्रमुख लम्सालको भनाइ छ । बनाइएका घरहरु सानो भएको भनी बासस्थानका रूपमा प्रयोग नगर्ने गरिएको, भूकम्प प्रतिरोधी घर मापदण्डानुसार निर्माण गर्दा परम्परागत बस्ती लोप भएको, बैंक तथा वित्तीय संस्थाबाट सहुलियत ऋण पूर्णरूपमा उपलब्ध नगराएको र शहरी क्षेत्रमा घर निर्माणका लागि रु तीन लाख थोरै हुनेलगायतका समस्याले गर्दा पुनःनिर्माणको काम प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको पाइएको उनले बताए ।

Advertisement
अघिल्लो लेखजैमिनीका किसानलाई छैन बाँदरको चिन्ता
अर्को लेखगाँजाका बोट फाँड्दै प्रहरी
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्