अलपत्र नेपालीको उद्धारमा खटिएका पाइलटमा कोरोनाको पुष्टि
Advertisement

१६ असार, तुलसीपुर । दाङको तुलसीपुर –१२ स्थित टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका अनुसार एयरपोर्टमा अन्तरराष्ट्रियस्तरको पाइलट विषय अध्ययनका लागि सम्भाव्यता अध्ययन पूरा भएको छ ।

उक्त विमानस्थलमा अन्तरराष्ट्रियस्तरबाटै पाइलट ल्याएर दक्ष जनशक्ति उत्पादन गरिने उनले बताए । अहिले अध्ययन पूरा भएकाले आवश्यक काम अघि बढाउन उपमहानगरपालिकाले पहल गरेको जनाइएको छ । विमानस्थलको स्तरवृद्धि गर्ने कार्य पनि अघि बढाइएको उनको भनाइ छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विमानस्थलको स्तरवृद्धि, थप उडान विस्तार र इन्धन डिपो स्थापनाका लागि पहल गर्न रु २५ लाख बजेट विनियोजन गरेको बताइएको छ ।

सङ्घीय सरकारले यस वर्ष घोराहीको नारायणपुरमा आन्तरिक विमानस्थलका लागि बजेट विनियोजन गरेको छ । टरिगाउँ एयरपोर्टमा आवश्यक बजेट विनियोजनका लागि पहल भइरहेको राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले बताए । टरिगाउँ एयरपोर्टको धावनमार्ग विस्तारका लागि करीब रु २० करोड आवश्यक पर्ने भएकाले उक्त बजेट केन्द्र सरकारले विनियोजन गरेमा ठूला जहाज बस्न सक्ने उनको भनाइ छ ।

Advertisement

“हामीले जसरी पनि टरिगाउँ एयरपोर्टको स्तरवृद्धि गर्नुपर्छ, त्यसका लागि नियमित रुपमा केन्द्रमा पहल गरिहेका छौँ”, उनले भने, “ स्तरवृद्धि गरिएपछि नियमित र सहज उडान हुन्छ । यस विषयमा मैले राष्ट्रियसभामा पनि कुरा उठाएको छु, दाङका सांसदहरुले सामूहिक रुपमा पर्यटनमन्त्रीलाई दवाव पनि दिएका छन् ।”

Advertisement
अघिल्लो लेखगाँजाका बोट फाँड्दै प्रहरी
अर्को लेखसंसद् सेवा दिवस : सभामुख र अध्यक्षबाट शुभकामना
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्